जनता टाइम्स

१७ मंसिर २०८१, सोमबार ०८:१७

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत जफत


दैलेख, मंसिर १७ । दैलेखको महाबु गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जंगबहादुर शाही विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ हजार १ सय २७ मत प्राप्त गरी शाहीले निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाउनु भएको छ ।

नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८ सय ४२ र रास्वपाका प्रकाश कुमार बुढाले १ सय १२ मत पाउनु भएको छ । यो पालिकामा यसअघि नेपाली कांग्रेसले जितेको थियो । नवनिर्वाचित अध्यक्ष शाही २०७४ मा पनि एमालेको तर्फबाट निर्वाचित हुनुभएको थियो । महाबुमा रास्वपा उम्मेदवारको जमानत जफत भएको छ ।