जनता टाइम्स

१७ मंसिर २०८१, सोमबार १०:३८

अझै उठाइएन बालाचतुर्दशीमा छरिएको शतबिजको फोहोर, पशुपति परिसर दुर्गन्धित


काठमाडौं, मंसिर १७ । बालाचतुर्दशीका दिन पितृजनका लागि छरिएको शतबिजका कारण फोहोर देखिएको पशुपतिनाथ परिसर सोमबार विहानसम्म पनि सफा गर्न तिर पशुपति क्षेत्र विकाश कोषले ध्यान दिएको छैन ।

कोषको ध्यान नपूग्दा पशुपतिनाथ वरपर निकै फोहोर र दुर्गन्धित देखिएको छ । पशुपतिनाथ प्रवेशद्धारमा जुत्ता-चप्पल फुकाल्न अनिवार्य गरिँदा सरसफाइँतर्फ पनि ध्यान दिइनु पर्ने होइन र ? दिनहुँ नित्य दर्शनका लागि आउने भक्तजनले पशुपतिनाथ परिसरमा फोहोरको डंगुर देख्दा दिक्क मानेका छन् ।

पशुपतिनाथ परिसरसँगसँगै उमाकुण्ड, गौरीघाट, मृगस्थली, कैलाशडाँडा, विश्वरुपा लगायत स्थानको सडकमा फोहोर छरपस्ट देखिन्छ ।

तर, त्यही पशुपतिनाथको नाम भजाएर खान पल्केका कोषका पदाधिकारी र कर्मचारीलाई अलीकति पनि लाज लागेको देखिन्न ।