काठमाडौं, मंसिर १७ । कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन । सुरूदेखि नै अगाडि रहनुभएका कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ५३३४ मत प्राप्त गरी जीत निकाल्नु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत पाउनु भएको छ भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाएर तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत प्राप्त गर्नुभएको छ । यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको थियो । उहाँले ९०४३ मत प्राप्त गर्नुभएको थियो ।
उहाँको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसले जीत निकालेको हो । यसैगरी वडा नम्बर १ र ४ कोवडाध्यक्ष पनि कांग्रेसले जितेको छ ।
प्रतिक्रिया दिनुहोस्