जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १५:१२

हवाई कारबाहीमा चौध लडाकू मारिए


तालुकान, कात्तिक ५

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ ।

प्रायः अशान्त भइरहने दर्काद जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्त गत केही वर्षयता तालिवानको नेतृत्वमा बढ्दो विद्रोह भइरहेको पाइन्छ ।