जनता टाइम्स

२१ मंसिर २०८१, शुक्रबार २३:३६

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन एजेण्डा


काठमाडौं, मंसिर २१ । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

यही मंसिर २५ गते अपरान्ह बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा हालै सम्पन्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण र मंसिर १६ गते सम्पन्न उपचुनावको समीक्षा हुनेछ ।

अधिकारीका अनुसार बैठकमा देशको पछिल्लो अवस्था र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । यस्तै सरकारको कामको बिषयमा समे समिक्षा हुने एजेण्डा रहेको छ ।