जनता टाइम्स

२३ मंसिर २०८१, आईतवार २१:०६

नेपाल पत्रकार महासंघको निर्वाचन : निर्मला शर्माको नेतृत्वमा प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार घोषणा (सूचीसहित)


काठमाडौं,मंसिर २३। नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल प्यानल बनाएर चुनाव लड्ने भएका छन् ।

दुई संगठनले आइतबार एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका छन् । कार्यक्रममा अध्यक्षमा दुई संगठनको साझा उम्मेदवारको रूपमा निर्मला शर्माको नाम घोषणा गरिएको छ । सञ्चारीका समूहकी अध्यक्ष भइसक्नु भएकी आचार्य प्रेस चौतारी आबद्ध हुनुहुन्छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष दीपक आचार्य साझा उम्मेदवार बन्नुभएको छ । महिला उपाध्यक्षमा नितु पण्डित दुईवटा संगठनको साझा उम्मेदवार बन्नुभएको छ भने समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द साझा उम्मेदवार बन्नुभएको छ ।  यसै गरी महासचिवमा रामप्रसाद दाहाललाई साझा उम्मेदवार बनाइएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार आचार्य प्रेस युनियन आबद्ध हुनुहुन्छ । त्यस्तै पण्डित र बागचन्द प्रेस चौतारी आबद्ध हुनुहुन्छ भने दाहाल प्रेस युनियन आबद्ध हुनहुन्छ ।

यस्तो छ नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवारको नामावली: 
अध्यक्ष– निर्मला शर्मा
वरिष्ठ उपाध्यक्ष– दीपक आचार्य
महिला उपाध्यक्ष– नितु पण्डित
समावेशी उपाध्यक्ष– उमिदप्रसाद बागचन्द
महासचिव –रामप्रसाद दाहाल
सचिव खुल्ला– रमेश खतिवडा
सचिव महिला– सोनी शर्मा
सचिव आदिवासी जनजाति– सविन प्रियासन
सचिव मधेसी– अशोककुमार तिवारी
सचिव दलित– प्रकाश धौलाकोटी
सचिव एसोसिएट– वैकुण्ठराज पराजुली
कोषाध्यक्ष– रामकृष्ण ज्ञवाली
लेखा समिति संयोजक– केसी लामिछाने

खुल्ला सदस्यतर्फ 
रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुङ्गाना

कोशी प्रदेश सदस्य– कमलमणि रिमाल, शंकर खरेल

मधेस प्रदेश सदस्य– अच्युतम् कुमार सापकोटा, राजेश कर्ण

वाग्मती प्रदेश सदस्य– नवराज पथिक, नारायण अधिकारी

गण्डकी प्रदेश सदस्य– कृष्ण केसी, केबी राना

लुम्बिनी प्रदेश सदस्य– विकास बन्जाडे, रामराज पोखरेल

कर्णाली प्रदेश सदस्य– तुलाराम पाण्डे, नगेन्द्रप्रसाद उपाध्याय

सुदूरपश्चिम प्रदेश सदस्य– योगेन्द्रबहादुर बलायर, सुरेश पन्त

उपत्यका प्रदेश सदस्य– विनोदप्रसाद चौलागाईँ, पुष्करराज बुढाथोकी

प्रतिष्ठान प्रदेश सदस्य– नरेन्द्र मानन्धर, सविता शर्मा

संस्थागत सदस्य (एशोसिएट सदस्य)– पवित्रा मुडभरी, मुक्तिबाबु रेग्मी

महिला सदस्य मधेसी– रुविकुमारी रौनियार
आदिवासी सदस्य – माला मालुङ्वा
खस आर्य – लीला शाह योगी
दलित सदस्य– निर्विरोध
दलित सदस्य महिला– निर्विरोध
आदिवासी जनजाति सदस्य– भरत जर्घामगर
आदिवासी जनजाति महिला– निर्विरोध
मधेसी सदस्य– राजकरण महतो
मधेसी महिला सदस्य– ललिता साह
अपाङ्गता भएका सदस्य– भूपराज बस्याल
अल्पसङ्ख्यक सदस्य– लक्ष्मण थामी
लेखा समिति सदस्य– केशवप्रसाद बोहरा
लेखा समिति सदस्य (महिला) – रुक्मिणी पोखरेल