काठमाडौं, मंसिर २६ । नेपाल प्रेस युनियनले पत्रकार महासंघमा वरिष्ठ उपाध्यक्ष रहनु भएका र निर्वाचन गर्न नसकेपछि राजिनामा दिएर हिड्नु भएका रमेश विष्टसहतिलाई कारवाहीकाे चेतावनी दिएको छ ।
विधान–२०४९(छैटौं संशोधन–२०७९)को धारा ३४ मा भएको व्यवस्था तथा नेपाल प्रेस युनियन केन्द्रीय सचिवालयको निर्णय अनुसार नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियनको संस्थागत निर्णय विपरित उम्मेदवारी दर्ता गरेकाे भन्दै विष्टसहितलाई कारवाहीकाे चेतावनी दिएको हाे ।
विष्टसहितलाई प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न निर्देश गरिन्छ, विज्ञप्तिमा भनिएकाे छ अन्यथा, अनुशासन उलंघन गरी उम्मेदवारी दर्ता गरेका विष्टसहितका नेपाल प्रेस युनियनका सदस्यलाई आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्य समेतबाट चार वर्षका लागि प्रेस युनियनबाट निष्कासन गरिएको गरिएको जानकारी गराइन्छ ।
सार्वजनिक विज्ञप्तिमा विष्टसहित, विकास कार्की, श्रीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा,मिन बम, राम धामी, डडेलधुरा,राजु खराल,मिनराज गौतम, नारायण खड्का, ध्रुब रावललाई यस्तो चेतावनी दिएको हो।
युनियनका वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय अनुसासन समितिका संयोजक प्रेम केसीले जारि गरेकाे विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्