जनता टाइम्स

२८ मंसिर २०८१, शुक्रबार ०८:०५

पत्रकार महासंघको निर्वाचनमा निर्मला शर्मा नेतृत्वको टीमलाई मतदान गर्न प्रेस युनियन र प्रेस चौतारी अध्यक्षको अपिल

काठमाडौं, मंसिर २८ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले आज हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्मला शर्मा नेतृत्वको टीमलाई मतदान गर्न अपिल गरेको छ ।

महासंघको गौरवमय इतिहास कायम राख्न र महिला नेतृत्व स्थापित गरी समावेसीताको उत्कृष्ट नमुना देखाउन जरुरी रहेको भन्दै दुवै संगठनका अध्यक्षले आज संयुक्त अपिलमार्फत सो आग्रह गर्नुभएको हो ।

युनियनका अध्यक्ष शिव लम्साल र चौतारी अध्यक्ष गणेश बस्नेतले महासंघलाई गैर पत्रकारको अखडा बनाउने नेकपा माओवादीको योजना बिफल पारी गौरवमय इतिहास कायम राख्नका लागि निर्मला शर्मा नेतृत्वको टीम चाहिने प्रष्ट पार्नुभएको छ ।

उहाँहरुले संगठनले अत्यन्तै सुझबुझका साथ यो निर्णय गरेको भन्दै माओवादी प्रवेश गरिसकेका कोही कसैको भ्रममा नपर्न र संगठनका निर्णयको पक्षमा दृढतापुर्वक उभिन अपिल पनि गर्नुभएको छ ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त अपिल

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला तथा प्रतिष्ठान शाखा र एशोसियट संस्थाको निर्वाचन आज २०८१ मंसिर २८ गते देशभर एकसाथ सम्पन्न हुँदैछ । यो ऐतिहासिक घडीमा महासंघका सम्पूर्ण सदस्यहरुमा हार्दिकताका साथ उत्साहपूर्वक निर्वाचनमा सहभागी हुन आग्रह गर्दछौं ।

हामी दुवै संगठनको तर्फबाट प्रस्तावित वरिष्ठ पत्रकार निर्मला शर्माको नेतृत्वमा केन्द्रीय समिति र आपसी सहमतिमा सबै प्रदेश तथा जिल्ला र प्रतिष्ठान शाखामा संयुक्त व्यावसायिक समूह निर्वाचनमा उम्मेदवार रहेको विदितै छ । लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक निष्ठा, श्रमजीवी पत्रकारको हकहित र मिडिया उद्योगको विकासप्रति प्रतिवद्ध एवं आपसी विश्वासको जगमा उभिएको यो सहकार्यलाई सम्पूर्णरुपमा सफल बनाउनु आजको आवश्यकता हो ।

नेपाल पत्रकार महासंघको गरिमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको हकहित र व्यावसायिक विकासका मुद्दाहरुमा प्रतिवद्ध यो टीमलाई अत्यधिक बहुमतका साथ विजयी बनाउन हामी दुवै संगठनमा आवद्ध सम्पूर्ण सदस्य तथा शुभेच्छुक एवं सम्पूर्ण पत्रकार मित्रहरुमा हार्दिक अपिल गर्दछौं ।

मिति स् २०८१ मंसिर २८

शिव लम्साल

अध्यक्ष, नेपाल प्रेस युनियन

गणेश बस्नेत

अध्यक्ष, प्रेस चौतारी नेपाल

मिति : २०८१ मंसिर २८

शिव लम्साल

अध्यक्ष, नेपाल प्रेस युनियन

गणेश बस्नेत

अध्यक्ष, प्रेस चौतारी नेपाल