जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०७:२८

बालिकालाईअपहरणकारीको बन्धनबाट छुटाएर ३ सिंहले


 

एजेन्सी । अप्ठ्यारोमा परेकी एक बालिकालाई ३ जना सिंहले पहरेदारी गरेर सुरक्षा दिएका छन् । घटना हो इथियोपियाको । जहाँकी एक १२ वर्षिय बालिकालाई केही अपराधीहरुले अप्ठ्यारोमा पारेपछि सिंहहरुले उनलाई अपराधीहरुबाट बचाउन सफल भएका थिए ।

केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा बालिकालाई प्रहरीले घना जंगलमा फेला पारेको थियो । यो घटना इथियोपियाको अबाबा शहर नजिकैको जंगलको हो । उनलाई ७ जना अपराधीहरु अपहरण गरेर जंगल तर्फ लैजादै गर्दा प्रहरीले उद्धार गरेका थिए ।

स्रोतका अनुसार सुरुमा अपराधीहरुले ति बालिकालाई निर्घात कुटपिट समेत गरेका थिए । प्रहरीको अनुसन्धानबाट अपराधीमध्येका एकले बालिकासँग विबाह समेत गर्न चाहान्थे । अपराधीहरुको पिटाइको कारण चिच्याएकी बालिकाको आवाज सुनेर त्यहाँ पुगेका सिंहहरु देखेपछि अपहरणकारीहरु भागेको जनाइएको छ । प्रहरी बालिकालाई खोज्दै जब त्यहाँ पुगेका थिए तब मात्र सिंहहरु आफ्नो बाटो लागेको बताइएको छ ।