जनता टाइम्स

२९ मंसिर २०८१, शनिबार २३:५०

नर्सिङ संघमा एमाले निकट चन्द्रकला शर्माको प्यानलै विजयी (मतसहित)


काठमाडौं, मंसिर २९ । नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा नेकपा एमाले निकट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको प्यानल नै विजयी भएको छ । आज सम्पन्न मतगणना परिणमअनुसार शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको समूहलाई क्लिनस्वीप गरेको हो ।

अध्यक्षमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी थापाले १३७० मत पाउनु भएको छ । यस्तै अध्यक्षका अर्का उम्मेद्धार वसन्ती थापाले २८२ मत पाउनु भयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी हुनुभएको छ । सुब्बाले २०६० मत पाउँदा निकटतम प्रतिद्वन्दी कल्पना श्ररेष्ठ जोशीले १५९७ मत पाएर उपबिजेता बन्नुभयो ।

यस्तै उपाध्यक्षमा बबिता घिमिरे २०११ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी मनिसा कोइरालाले १५७० मत पाउनु भएको छ । संघको महासचिवमा डा. देवकाकुमारी आचार्य १७३३ मतसहित निर्वाचित हुनभएको छ भने उहाँका प्रतिस्पर्धी मीनाकुमारी कार्कीले १३४७ मत र जानकी धामीले ६२२ मत पाउनु भएको छ । यस्तै सचिवमा बेली पौडेलले २०९० मत पाउँदा निकटतम प्रतिद्वन्दी जया मिश्रले १५७३ मत पाउनु भएको छ ।

यसैगरी कोषाध्यक्षमा तुलसादेवी अधिकरीले २१८८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली) ले १४८२ मत पाउनु भयो । यस्तै खुल्ला केन्द्रीय सदस्यमा शर्मा प्यानलकै मेनुका पोख्रेल २०८८ मतसहित विजयी बन्दा प्रतिस्पर्धी सानु कमाुरी विष्टले १५८१ मत मात्र पाउनु भयो ।

यस्तै आदिवासी जनाजतितर्फ कला बस्याल २०१० र हरिसप्रसाद कोजु २०८२ मतसहित विजयी हुनुभएको छ । दलित सदस्यमा कोपिला विश्वकर्माले २०२२ मतसहित निशा विकलाई पराजीत गर्नुभयो । यस्तै मधेशी र मुस्लिम सदस्यतर्फ पासपति जयसवालले २ हजार २६ मत र सवेनाज वेगमले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्दी अन्जु ठाकुरले १ हजार ६२६ मत र जाफ्रे आलम अन्सारीले १ हजार ५९८ मत मात्रै पाउनु भएको छ ।

यसैगरी संघको अनमीतर्फ जानु मोक्तानले २ हजार ७० मत र शान्ति कुमारी विश्वकर्माले २ हजार ६२ मत ल्याएर निर्वाचित हुँदा सफला बुढाथोकीले १ हजार ६२० मत र सीता कुमारी प्याकुरेलले १ हजार ५१८ मत मात्र पाउनु भएको छ । यता, नेपाल नर्सिङ परिषद् सदस्यमा भने ३ जना विजयी भएका छन् । जसमा राजदेवी अधिकारी घिमिरेले १ हजार ८७० मत, सुमिता पाठकले १ हजार ९९७ मत र राधा देवी आर्चार्यले १ हजार ७०५ मतसहित निवाचित हुनुभएको हो