जनता टाइम्स

३० मंसिर २०८१, आईतवार १३:५४

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्वाचित


बझाङ, मंसिर ३० । नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

आठौं जिल्ला अधिबेशनमा निर्वाचनबाट भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणना परिणामअनुसार भण्डारीले प्रतिस्पर्धी कलकबहादुर खडकालाई पराजीत गरी बझाङ एमालेको नेतृत्व लिनुभएको हो ।

निर्वाचित भएसँगै प्रतिस्पर्धी खडकाले भण्डारीलाई बधाइ दिनुभएको छ ।