जनता टाइम्स

१ पुष २०८१, सोमबार २२:३५

प्रवासी नपाली मञ्च कतारले राजदूत पौडेललाई बुझायो ११ बुँदे ज्ञापनपत्र


कतार, पुस १ । प्रवासी नपाली मञ्च (ओएनएफ) कतारले नेपाली दुतावासमा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलको नेतृत्वमा ओएनएफ कतारका अध्यक्ष चुडामणि कार्की र सचिव शेषराज तिमिल्सिनासहित गएको प्रतिनिधिमण्डलले सोमवार नेपाली राजदूत रमेशचन्द्र पौडेलसमक्ष ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ, ‘दोहाको परिस्थितमा श्रमिकहरुको छुट्टि शुक्रवारका दिन पर्ने भएको हँुदा श्रमिकहरुलाई दुतावास आउन सहज हुने गरी सकेसम्म शुक्रवारका दिन नेपाली राजदूतावास खुल्ला हुने गरी व्यवस्ता मिलाउनु अनुरोध गर्दछौं ।’

यस्तै मञ्चले २४ सै घण्टा कामदारको इन्स्योरेन्सको ब्यवस्था मिलाउन, प्रवासी श्रमिकहरूले सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

यसैगरी सामाजिक सुरक्षा कोषको बारेमा श्रम स्बीकृती लिएर विदेशिने श्रमिकहरुलाई अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था भए पनि सामाजिक सुरक्षा कोष समबन्धि जनचेतना कार्यक्रम राखी त्यसलाई प्रभावकारी बनाउन पहल गर्नु पर्ने, कतारमा कार्यरत श्रमिकहरु भनेको समयमा नेपाल जान नमिल्ने हुँदा मतदाता पत्र बनाउन बन्चित रहेको र निर्वाचनको बेला नेपाल जाँदा मतदान गर्नबाट बन्चित रहेकोले मतदाता–पत्र दुतावासबाट बनाउनको लागि विशेष पहल गर्नु पर्नेलगायत रहेका छन ।