काठमाडौं, पस ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रका नेतादेखि कार्यकर्ताससम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संगठित रुपमा अफवाह फैलाउन सक्रिय रहेको खुलासा भएको छ ।
माओवादी निकट वाईसिएल र रास्वपाका नेता कार्यकर्ताहरु भ्रामक घटना सिर्जना गरी अफवाह फैलाउन सक्रिय रहेको खुलासा भएको हो ।
पुस २ गते विहान काभ्रेको बनेपामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै दुई दलका नेता तथा कार्यकर्ताहरुले नक्कली भिडियो तयार गरी शेयर गर्न शुरु गरेको पाइएको हो ।
दुई दलले योजना बनाएरै एकाएक उक्त भिडियो भाईरल गराइएको थियो । प्रहरी, प्रशासन त साँझसम्म उक्त कुरामा अनभिज्ञ नै थियो । त्यतिबेला प्रधानमन्त्री ओली भने ललितपुरमहानगरपालिकाले आयोजित एक कार्यक्रममा सहभागि हुनुभएको थियो । सुरक्षा निकायले काभ्रेपलाञ्चोक जिल्लामा प्रधानमन्त्री आउने कुनै कार्यक्रम तय नभएको स्पष्ट पारेको थियो ।
शनिबार मसिंर २९ गते प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा सहभागि हुनुभएको थियो । तर बनेपामा आउने कुनै कार्यक्रम थिएन ।
कार्यक्रम नै नभएको, सहभागि नभएको र हुँदै नभएको घटनालाई हो जस्तै गरी अन्यत्र सहभागी भएका क्लिप्सहरु राखेर प्रधानमन्त्री ओलीविरुद्ध आक्रमण गरी कुटपिट समेत गरेको भन्दै भिडियो बनाउने र फैलाउने रास्वपा र नेकपा माओवादी निकटका नेता कार्यकर्ता भएको खुलासा भएको हो ।
प्रहरीले उक्त विषयमा आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीविरुद्ध त्यस्तै अफवाह फैलाउने सामाग्री सार्वजनिक गरिएको थियो ।
यतिबेला रास्वपा सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछाने सहकारी ठगी अभियोगमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा छन ।
प्रतिक्रिया दिनुहोस्