जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार २१:१०

कोटेश्वरमा राखिएको शकास्पद बस्तु बम नभएको पुष्टि


काठमाडौं, वैशाख २३

राजधानीको कोटेश्वर चोकबाट पेरिसडाँडा जाने बोटोको डिभाइडर नजिकै शकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । मिनी ट्रकहरु पार्किङ गरेको ठाउँमा भेटिएको झोलामा विस्फोटक पदार्थ भएको हल्ला चलेपछि सेनाको डिस्पोज टोली पुगेको थियो ।

डिस्फोज टोलीले सो बस्तु बमनभएको पुष्टि गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिनुभयो । भ्रम सृजना गर्न उक्त वस्तु राखिएको प्रहरीले जनाएको छ । सोमबार साँझ साढे ६ बजेतिरकोटेश्वर चोकबाट पेरिसडाँडा जाने बोटोको डिभाइडर नजिकै शंकास्पद वस्तु फेला परेकोदेखिएपछि सेनाको टोली डिस्पोजका लागि गएको थियो ।

उक्त वस्तु नक्कली भएको र त्रास सृजना गर्न मात्रै राखिएको पाइएको छ । उक्त वस्तुका कारण अवरुद्ध बनेको तीनकुने–कोटेश्वर सडक सञ्चालनमा आइसकेको छ ।