काठमाडौं, पुस ६ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधी जनकपुर बोल्ट्सले चुमेको छ । त्रिबि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजीत गर्दै जनकपुर बोल्ट्सले उपाधी जितेको हो ।
फाइनल खेलमा १८५ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले ५ विकेटको क्षतीमा १९.३ ओभरमा लक्ष्य पूरा गर्दै जीत निकालेको हो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनायो । सुदूरपश्चिमका लागि दुई ओपनरले उत्कृष्ट ब्याटिङ गरे । ओपनर सैफ अलि जैव र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे ।
यस्तै सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्रान्डन म्याकमुलने १४, हर्मित सिंह १४, स्कट कुगेलेइन १३, कप्तान दीपेन्द्रसिंह ऐरी ९, नरेश बुढाएर ८, इसान पाण्डे ६ र आरिफ शेख १ रनमा आउट भए नरेन साउद १ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३–३ विकेट लिएका थिए । यस्तै जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्