जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार १४:१६

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने


बेइजिङ, कात्तिक ६

ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउनुहुने भएको छ । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उहाँको यो पहिलो भ्रमण हो। सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मेका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बन्नुभएको थियो भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका थिए ।

चीनमा रहँदा उहाँले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको छ। उहाँहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ।