जनता टाइम्स

३ माघ २०८१, बिहीबार १६:४३

मानसिक स्वास्थ्यमा हामी कहाँ ?


हामीले अरुप्रति गर्ने र देखाउने व्यवहारले ती व्यक्तिहरुलाई नजानिदो ढंगले मानसिक रुपमा तनाव दिइरहेका हुन्छौँ । हामी बोलिदिन्छौ भनिदिन्छौ ‘मेरा त भन्ने बानी छ भनिदिए’ भन्छौं, तर हाम्रा कारणले त्यो ब्यक्तिको दिमागमा हामी र हाम्रा शब्दहरुले एउटा जालो बनाउँदै गएको हुन्छ । सक्नेले त त्यो जालो हटाउला, नसक्ने त्यही जालोमा अलमलिएर बिस्तारै यस्तो अवस्थामा पुग्न थाल्छ कि न केही सोच्न सक्छ न केही बुझ्न सक्छ न त निदाउन नै सक्छ, एक तरिकाले मानसिक रुपमा अस्वस्थ्य हुन पुग्छ ।

शिखा पहारी

अरुलाई सोच्न बाध्य बनाउने, आफ्नो बुझाई नै अरुमाथि थोपर्न खोज्ने । विक्षिप्त किसिमले तनाव मात्र भएको बुझ्ने र त्यही तरीकाले नै अर्कोले लिओस भनेर कुराकानी गर्ने । सबै कुराहरु विग्रिएको अनि आफूलाई जे दिमागमा आउँछ त्यही आफ्नो अगाडिको साथी–संगीलाई अव्यवस्थित तरिकाले प्रस्तुत गरिदिने साथमा आफूले बोलिदिएको बाक्यहरुले अप्ठ्यारो गराउला भनेर नसोचि दिने, अरुको मूल्याङ्कन गर्ने तर आफ्नो किसिमले अनि हरेक व्यक्ति एक आपसमा भिन्न हुन्छ भनेर नसोचिदिने र आफ्नो हिसावको दोषहरु लगाउने ।

यो सबै हामीले अरुप्रति गर्ने र देखाउने व्यवहारले ती व्यक्तिहरुलाई नजानिदो ढंगले मानसिक रुपमा तनाव दिइरहेका हुन्छौँ । हामी बोलिदिन्छौ भनिदिन्छौ ‘मेरा त भन्ने बानी छ भनिदिए’ भन्छौं, तर हाम्रा कारणले त्यो ब्यक्तिको दिमागमा हामी र हाम्रा शब्दहरुले एउटा जालो बनाउँदै गएको हुन्छ । सक्नेले त त्यो जालो हटाउला, नसक्ने त्यही जालोमा अलमलिएर बिस्तारै यस्तो अवस्थामा पुग्न थाल्छ कि न केही सोच्न सक्छ न केही बुझ्न सक्छ न त निदाउन नै सक्छ, एक तरिकाले मानसिक रुपमा अस्वस्थ्य हुन पुग्छ ।

आफूलाई हेरौं, आफ्नै मुल्याङ्कन गरौँ । अरुको लागि सहज भैदिऊँ, सिकाउ, बताऊ, खुसी भएर बोलांै, आफ्नो तनाव अरुलाई नदिऊँ, आफू खुसी हुन सकिएन भनेर अरुलाई दुःखी नवनाऊँ । मैले बहुत गरेको छु भनेर व्यवहारमा देखाउन प्रयास गरौं, मुखले बोलेर हुँदैन यदी प्रस्तुती नकारात्मक छ भने । आफ्नो अवस्था अरुलाई पनि होस वा अरुले गराएको भनेर नसोच्नुहोस, आफूले तनाव लिएको छु भनेर हुदैन कोशिस गर्नुहोस धेरै सजिलो छ अरुलाई तनाव नदिने प्रकृया ।

अनि बुझ्नै पर्ने कुराहरु हामी सबै मानव जुनी लिएका हांै । कुनै यन्त्र होइनौं, आफूलाई मन लागेको कार्यक्रम जडान गरेर चलाउनको लागि समय एक नास नभए जस्तै हामी सबैको मानसिकता एकैनास हुँदैन, यसलाई बुझौँ । आफूले पूरा गर्न सक्ने र अरुवाट पूरा गराउन सकिने कुराको पनि परिधी हुन्छ, अपेक्षा कम राखौं । तपाँई खुसी, सबै खुसी ।

(लेखक पहारी लुम्बिनी मेडिकल कलेजमा मेट्रोन पदमा कार्यरत छन)