जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार ११:५४

कामना सेवाको मोबाईल बैंकिङ सेवा सञ्चालनमा


काठमाण्डौं, बैशाख २४

कामना सेवा विकास बैंक मार्फत मोबाईल बैकिङ सम्बन्धी सेवा सञ्चालनमा आएको छ । “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुलनाराका साथ बैंकले विविध विशेषताहरु भएको मोबाईल बैकिङ सेवा सञ्चालनमा आएको हो ।

यो सेवाप्रयोगकर्ताहरुले बायोमेटिक लगइन, क्युआर पेमेन्ट ,क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम,स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल लगाएतको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न सक्ने बैंकले जनाएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।