जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार १९:५१

क्याफेमा बन्धक बनेकी किशोरीको कारुणिक बयान : एकैदिन तीन जनासँग यौनसम्पर्क राख्न बाध्य पारियो


ललितपुर, कात्तिक ८ । ललितपुरमै एक किशोरीलाई बन्धक बनाई एकै दिन तीन जनासँग यौन सम्पर्क राख्न बाध्य पारिएको घटना सार्वजनिक भएको छ । जागिर लगाउने बहाना बनाएर गत असोज ३० गते गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवस्थित एक क्याफेमा लगेर किशोरीलाई बन्धक बनाइ पालैपालो बलात्कार गरेको तथ्य प्रहरीले बाहिर ल्याएको हो ।

प्रहरीका अनुसार ठैबका सुमन नेपालीले १५ वर्षीया किशोरीलाई लखनखेलस्थित सार्वजनिक शौचालय नजिकबाट लगेर क्याफेमा बन्धक बनाइ पालैपालो बलात्कार गरेका हुन । ‘क्याफेमा राम्रो काम लगाइदिने, खान र बस्न फ्रि हुने, राम्रो पैसा कमाइ हुने प्रस्ताव सुनेर किशोरी नेपालीसँग गएको तर उनले क्याफेमा पुर्याएपछि कोठामा बन्धक बनाएर आफूसहित क्याफे सञ्चालक र अन्य ग्राहकसमेत खोजेर ल्याइ बलात्कार गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जनताटाइम्ससँग भने ।

प्रहरीका अनुसार असोज ३० गते सुमन र ती युवतीलाई लगनखेलबाट गाडी चढेर सिधै गोदावरी नगरपालिका–१४ ठैबमा विशाल तामाङले सञ्चालन गरेको वेलकम क्याफेमा पुग्छन् । उनले क्याफे सञ्चालक विशाललाई चिनाउँछन । जागिर लगाउने प्रलोभन दिएर सो क्याफेमा पुर्याएका सुमन र बिशालले यौन सोशन गर्ने नियतका साथ वेटरको काम गर्न लगाउँछन । वेटरको काम गर्न मञ्जुर बनेकी ती किशोरीलाई केही समयपछि नै सुमनले धेरै पैसा कमाउन यौनधन्दा गर्न उक्साउँदै क्याफे कै एउटा कोठामा बन्धक बनाइर यौनकर्मी जसरी लगातार बलात्कार गरिएको प्रहरीको भनाई छ ।

किशोरीलाई बन्धक बनाएर यौन व्यवसाय गर्न लगाएको सूचना पाएलगत्तै खोजीमा जुटको प्रहरीले कात्तिक ४ गते उद्दार गरेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएस्पी गौतम मिश्रका अनुसार प्रहरीले सोही क्याफेबाट किशोरीको उद्दार गरेको हो । प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरिसकेको छ । पीडितको भनाई उधृत गर्दै प्रहरीले बताएअनुसार पहिलो दिनमै सुमनले ती किशोरीसँग यौनसम्पर्क राखे । त्यसपछि विशालले पनि यौनसम्पर्क गरे । सोही दिन विशालले एकजना ग्राहक खोजेर ल्याएका थिए । तर, कोठामा पुगेपछि दयनीय अवस्था देखेका उल्टै २ हजार रुपैयाँ दिएर फर्किएका थिए ।

प्रहरीले उद्दार गर्दासम्म पाँच दिन क्याफेमा बन्धन बनेकी ती किशोरी एक दर्जनभन्दा बढी बलात्कारको शिकार बनेको बयान प्रहरीमा दिएकी छन । प्रहरीका अनुसार उद्धार गरिएको समयमा रमाको यौनाङ्ग सुनिएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी थिइन । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ । यता प्रहरीले अपराधी विशाल र सुमनमाथि मानव बेचविखन तथा जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।