जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १२:३१

नबिल बैंकको नाफा ३ अर्ब १९ करोड


काठमाडौं, बैशाख २४

चैतसम्मको नबिल बैंक लिमिटेडको नाफा ३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि समयमा ३ अर्ब ९ करोड नाफा गरेको थियो ।

बैंकले उक्त अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब ५६ करोड रुपैंयाबाट बढाएर ५ अर्ब ५१ करोड तथा खुद गैरब्याज आम्दानी ५६ करोड रुपैंयाबाट ९१ करोड रुपैंया पुगेको छ ।

बैंकको आधार ब्याजदर भने बढेर ७.३३ प्रतिशतबाट ७.९९ प्रतिशत पुग्दा बैंकको कस्ट अफ फण्ड ४.६३ प्रतिशतबाट ६.०६ प्रतिशत पुगेको छ । बैंकले ब्याजको स्प्रेडदर ४.८९ प्रतिशतबाट ४.६३ प्रतिशतमा झरेको छ ।