सप्तरी, फागुन १० । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन।
भारतीय सञ्चार माध्यमका अनुसार नम्बर खुल्न नसकेको स्कार्पियो शुक्रबार अबेर राति ट्रयाक्टरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउने सवै स्कार्पियोमा सवार थिए । सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । उनीहरुलाई प्रहरीले जिल्ला अस्पताल पठाएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्