झापा, फागुन ११ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा झापावासीले आइतबार (आज) विभिन्न कार्यक्रम आयोजना गर्ने भएका छन्
आफना प्रिय नेता तथा अभिभावक प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बिहान ७ बजे धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम आयोजना गरिने भएको छ । यस्तै बिहान ७ः३० बजे सोही स्थानमा अखण्ड दीप सहित ७३ दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ ।
यसैगरी बिहान ८ बजे विभिन्न स्थानमा ७३-७३ वटा बहुमूल्य जातका बिरुवाहरू रोप्ने वृक्षारोपण कार्यक्रम राखिएको छ । नेकपा एमाले क्षेत्र नं ४ को क्षेत्रीय समन्वय समितिले दिउँसो १ देखि २ बजेसम्म विभिन्न व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार दिउँसो २ बजे नै कन्काई माविमा काजुको बिरुवा रोप्ने कार्यक्रम राखिएको छ । स्थानीय आयोजकहरूले शनिबार तयारी बैठक राखी सबै कार्यक्रमको अन्तिम रूप दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्