काठमाडौं, फागुन १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन ।
रास्वपा सभापति रबि लामिछानेका किचन क्याबिनेटका सदस्य थापालाई अमेरिकी अध्यागमन बिभागले पक्राउ गरेको हो । अमेरिकामा पक्राउ थापा पार्टीमा समेत अघोषित निलम्बनमा रहेको तथ्य खुलेको छ । पार्टीको वेबसाइटमा राखिएको केन्द्रीय सदस्यहरूको सूचीमा थापाको नाम हटाइएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापा अमेरिकी अध्यागमनको हिरासतमा रहेको जानकारी आएको बताउनु भएको छ । यसअघि थापालाई रास्वपाका तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठले असुली बिभागको प्रमुखको रुपमा काम गरेको आरोप लगाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्