जनता टाइम्स

२२ फाल्गुन २०८१, बिहीबार ०९:४५

सरकारले एकैपटक सरुवा गर्यो ९२ जना उपसचिव, अधिकांशलाई स्थानीय तहमा खटाइयो (सूचीसहित)


काठमाडौं, फागुन २२। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ९२ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।

बुधबारको निर्णयअनुसार भर्खरै मात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा पदस्थापन गरिएको हो ।

त्यस्तै ५३ जना उपसचिवलाई सरुवा तथा काजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारीको रुपमा खटिएका छन ।