जनता टाइम्स

१० कार्तिक २०७६, आईतवार १९:१८

इस्लामिक स्टेटका नेता बग्दादी मारिएको ट्रम्पको घोषणा


काठमाडौं, कात्तिक १०

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कारवाहीमा इस्लामिक स्टेटका नेता अबु बक्र अल–बग्दादी मारिएको घोषणा गर्नुभएको छ । उहाले राष्ट्रका नाममा सम्बोधन गर्दै बग्दादी मारिएको घोषणा गर्नुभएको हो ।

आइतबार ह्वाइट हाउमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सेनाले सिरियामा शनिवार गरेको कारवाहीमा बग्दादी मारिएको बताउनु भयो । ‘अबू बकर अल बग़दादीको मृत्यु भएको छ, उनि इस्लामिक स्टेटका संस्थापक थिए । यो दुनियाँका सबैभन्दा हिंस्रक र क्रुर संगठन हो । अमेरिका केही वर्षदेखी बग्दादीको खोजीमा थियो’, ट्रम्पले पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाले बग्दादीलाई मार्नु वा जिउदै समात्नु आफ्नो सरकारको पहिलो राष्ट्रिय सुरक्षा प्राथमिकतामा रहेको समेत स्पष्ट पार्नुभयो । ‘बग्दादीलाई जिउदै पक्राउ गर्नु वा मार्नु मेरो सरकारको पहिलो राष्ट्रिय सुरक्षाको प्राथमिकतामा थियो,’ ट्रम्पले भन्नुभयो, ‘अमरीकी सेनाको विशेष बलले उत्तर पश्चिम सिरियामा रातको समयमा एक बहादुर र खतरनाक अभियान चलायो र शानदार उपलब्धी हासिल गरेको छ ।’

ट्रम्पले बग्दादीलाई मारेको नभई उनि आफैले आफैलाई बमले उडाएको समेत स्पष्ट पार्नुभयो । ट्रम्पले भन्नुभयो, ‘शनिवार स्पेशल फ़ोर्सेसको रेडपछि बग्दादीले आफुसँगै रहेको आत्मघाती बमले भरिएको ज्याकेजले आफैलाई उडाए ।’