जनता टाइम्स

१ चैत्र २०८१, शुक्रबार ११:५९

ह्वातै बढ्यो सुनको मूल्य


काठमाडौं, चैत्र १ । नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । छापावाला सुनको मूल्य एकैदिन तोलामा ४ हजार रुपैयाँले बढेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य २ हजार २० रुपैयाँ पुगेको छ।