जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १७:०५

उकालो चढ्दै नेम्से , १३ सय माथि पुग्याे सुचक


काठमाडौँ , बैशाख २४

मंगलबार शेयर बजारले १३०१. २८ विन्दुमा पुगेको छ । गत सोमबार १३१०.३१ अंकमा रहेको बजार लगातार घटेर आइतबार १२७७ अङ्कसम्म ओर्लिएको थियो। सोमबार २१.७३ अङ्कले बढेको सुचक मंगलबार १.८७ अङ्कले बढ्यो ।

मंगलबार १७६ कम्पनीका २५ लाख २० हजार कित्ता शेयर खरिद बिक्री भयो। बजार घटेको बेलामा  लगानीकर्ताले खरिद बिक्री बढाउँदा समग्र कारोबार ७२ करोड रुपैयाँ माथि उक्लिएर बन्द भएको हो।

लगानीकर्ताले मंगलबार एनसिसि बैंक र शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी खरिद बिक्री गरे।एनसिसिको पाँच करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भयो भने सिवम् सिमेन्टको ४ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको तथ्याङ्कले देखाएको छ ।

१० समूहको कारोबारमा आठ समूहको उपसूचक बढ्यो भने दुई समूह घटेका छन्। वाणिज्य बैंक र वित्तीय संस्थाको उपसूचक घटेको छ।