जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ०७:४५

कश्मीरमा गोली हानेर पाँच जनाको हत्या


एजेन्सी, कात्तिक १३ । भारत प्रशासित कश्मीरमा पाँचजनाको हत्या भएको छ । कुलगाम जिल्लाको कातरसू गाउँमा मंगलबार  आतंकवादीले स्थानीय पाँचजनाको हत्या गरेको कश्मीर प्रहरीले जानकारी दिएको छ ।

मंगलबार राति ९ बजेतिर गाउँलेको हत्या भएको जनाइएको छ । प्रहरीले अहिले घटनास्थलमा रहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । जम्मू–कश्मीरको अवस्थाबारे जानकारी लिन युरोपियन सांसदहरुको समूह स्थलगत निरीक्षणका लागि रहेका बेला यो घटना भएको हो । मारिएका सबै स्थानीय मजदूर रहेको र उनीहरुलाई  आतंकवादीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ ।