जनता टाइम्स

२४ चैत्र २०८१, आईतवार १५:२१

भारतीय नेता बोलाएर कांग्रेसले २०४६ सालको स्मरणमा विचार गोष्ठी गर्दै


काठमाडौं । नेपाली कांग्रेसले भारतीय नेताहरु आमन्त्रण गरेर विचार गोष्ठी गर्न लागेको छ । गणेशमान सिंह फाउण्डेसनले २६ चैत (भोलि) गर्न लागेको कार्यक्रममा लागि तीन जना भारतीय नेता शनिबार काठमाडौं आइसकेका छन् । नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनु भएको योगदान’ विषयमा विचार गोष्ठी गर्न लागिएको हो ।

कांग्रेस सभाापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागी हुन भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारी आइतबार काठमाडौं आउने भएका छन् । बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदोरिया शनिबार काठमाडौं आइसकेका छन् । भारतीय नेताहरु आमन्त्रण गरेर हुने कार्यक्रमको संयोजन पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले गरेका छन् ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको निवास चाक्सीवारीमा २०४६ को आन्दोलन अघि सम्मेलन हुँदा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर आमन्त्रित थिए । चन्द्रशेखर सहभागी भएको कांग्रेसको सम्मेलनले गणेशमानलाई संयुक्त जनआन्दोलनको कमाण्डर घोषणा गरेको थियो । इतिहासको त्यही सन्दर्भ स्मरण गर्दै कांग्रेसले विचार गोष्ठी राखेको हो ।