काठमाडौं, कात्तिक १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक घोषणा गरे, अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारे । उनका अनुसार शनिबार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प हृवाइट हाउसको सिचुएशन रुपमा अन्य नेताहरुसँगै थिए । हेलिकप्टर एक घन्टा १० मिनेटसम्म दुवै दिशाको आकासमा रहृयो, जबकी अपरेशन दुई घन्टासम्म चल्यो । इदलिब सिरियाली राष्ट्रपति बसर अल असदका विरोधीहरुको पकड भएको अन्तिम किल्ला हो । ट्रम्पले भनेका छन्, अमेरिकी खुफिया एजेन्सीले पहिलादेखि नै बग्दादीलाई पछ्याइरहेको थियो ।
र, उनीहरुलाई थाहा थियो, बग्दादी यहाँको कुनै सुरुङमा छन् । जसमध्ये कतिपय सुरुङमा बाहिर निस्कने बाटोसमेत थिएन । ट्रम्पले यो मिसनमा ठूलो संख्यामा स्पेशल फोर्सलाई संलग्न गराए, जसमा आठ हेलिकप्टर, कयौं पोत र प्लेन पनि संलग्न भए । अमेरिकी हेलिकप्टर टर्कीको आकास हुँदै गयो, सिरियाली र रुसी सेनाको नियन्त्रणको क्षेत्र पनि पार गर्यो । अमेरिकी अपरेशनबारे रुसलाई जानकारी नभएको तर उसले आफ्ना हेलिकप्टरहरुलाई जान दिएको भन्दै ट्रम्पले भने, ‘रुसले सहयोग नै गर्यो ।’ जब हेलिकप्टर बग्दादी रहेको क्षेत्रमा पुग्यो, तब गोलाबारी सुरु भयो । यसलाई समाप्त पार्न हामीलाई धेरै बेर लागेन ।’
उनले भने । बरिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा बस्नुअघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलाबारी भयो । हेलिकप्टरबाट दुई घरमा मिसाइल पनि हानियो । एउटा घर पूरै ध्वस्त भयो ।’ ट्रम्पका अनुसार बारिशा गाउँमा पहिले एउटा हेलिकप्टर ल्याण्ड भयो । अमेरिकी स्पेशल फोर्सका जवानहरु बगदादी रहेको परिसरको पर्खालमा बसे ताकि मूल ढोकामा फस्नबाट बचियोस् । त्यसपछि अपरेशन सुरु भयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘पहिले पुरै कम्पाउण्ड खाली गरियो, या त आत्मसमर्पण गरुन् या मारिउन् । ११ बच्चालाई बाहिर निकालियो । त्यसपछि सुरुङमा बग्दादी मात्र रहे । बग्दादी सुरुङमा भाग्न लागे, तर त्यो सुरुङमा बाहिर निस्कने बाटो थिएन । त्यसक्रममा बग्दादी निकै रोएका थिए ।
ट्रम्पले भने, ‘उनी सुरुङको अन्तिम किनारामा पुगे । हाम्रो कुकुरले उनलाई पछ्याइरहेको थियो । आखिरमा उनी खसे र कम्मरमा बाँधेको विस्फोटकमा आफू र सँगै लगेका तीन बच्चालाई उडाए । विस्फोटका कारण उनको शरीर टुक्राटुक्रा भएको थियो । सुरुङ पनि क्षगिग्रस्त भयो ।’
ट्रम्पले भने, ‘१५ मिनेटभित्रै बग्दादी मारिए ।’
राष्ट्रपति ट्रम्पले भनेका छन् जो व्यक्तिले आफूलाई आत्मघाती विस्फोट गराए, उनको शरीरको अवशेषको तत्काल डीएनए जाँच गरिएको थियो, र त्यसबाट मृतक बग्दादी नै भएको पुष्टि भएको छ । अमेरिकी स्पेशल फोर्ससँगै विज्ञ पनि रहेको र उनीहरुले नै डीएनए टेष्ट गरेका थिए । विज्ञ टिमले उनको शरीरको केही भाग पनि ल्याएका छन् । यद्यपि अहिलेसम्म बग्दादीको मृत्यु भएको स्वतन्त्र पुष्टि भएको छैन । यो अपरेशनका क्रममा अमेरिकी स्पेशल फोर्सलाई कुनै क्षति नभएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि बग्दादीलाई पछ्याउने क्रममा अमेरिकी सेनाका एक कुकर घाइते भएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले बग्दादी लुकेको ठाउँ पत्ता लगाउन र उनलाई गुफाभित्र खेद्न महत्वपूर्ण भूमिका खेलेको सैन्य कुकुरको तस्बिर सार्वजनिक गरेका छन्।
बग्दादीविरुद्धको सैन्य कारबाहीमा कुकुरहरूले पनि भूमिका खेलेकोबारे पहिलो सूचना राष्ट्रपति ट्रम्पले नै सार्वजनिक गरेका थिए।
यसअघि अमेरिकी जनरल मार्क ए मिलेले उक्त कुकुरबारे सूचना दिए पनि नाम खुलाएका थिएनन्। ‘हामी कुकुरको नाम अहिले नै सार्वजनिक गर्दैनौं,’ जनरल मिलेले बग्दादीविरुद्धको कारबाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यो कुकुर अहिले पनि मैदानमै छ, आफ्नो ड्युटी पूरा गर्दैछ। त्यसैले हामी कुकुरको नाम, तस्बिर वा अरू कुनै सूचना दिन सक्दैनौं।’
त्यसै दिन दिउँसो राष्ट्रपति ट्रम्पले जनरल मिलेसँग थप सूचना लिएर उक्त कुकुरको तस्बिर आफ्नो आधिकारिक ट्वीटरबाट सार्वजनिक गरे। ‘न्यूजविक’ पत्रिकाका अनुसार कुकुरको नाम कोनान हो। सुरक्षा भेस्ट लगाएर खिचिएको उक्त तस्बिर भर्खरैको हो कि पुरानो हो भन्ने खुलेको छैन।‘आइसिस प्रमुख अबु बकर अल–बग्दादीलाई समात्न र मार्न उल्लेखनीय भूमिका खेलेका विशिष्ट कुकुरको तस्बिर हामीले सार्वजनिक गरेका छौं, नाम भने अहिलेलाई गोप्य राखिएको छ,’ ट्रम्पले ट्वीटमा लेखेका छन्। उनले उक्त कुकुरलाई भेट्ने इच्छासमेत देखाएको वरिष्ठ अधिकारीहरूले बताएका छन्।कुकुरको नाम किन गोप्य राख्नुपर्यो भन्ने जिज्ञासामा एक पूर्व जनरल मार्क हटर्लिङले भने, ‘नाम भन्दा कुकुर स्याहार्ने व्यक्तिको परिचय खुल्छ। त्यो परिचय खुल्नेबित्तिकै बग्दादीविरुद्ध कारबाही गर्ने सैन्य युनिट पनि सार्वजनिक हुन्छ।’
प्रतिक्रिया दिनुहोस्