जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ११:४२

नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली, यस्तो छ पछिल्लो अपडेट


काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल जानुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज बिहान ग्राण्डी अस्पताल जानुभएको हो ।

चिकित्सकहरुले अहिले उहाँको स्वास्थ्य परीक्षण गरिरहेको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जनताटाइम्सलाई जानकारी दिनुभयो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही असहज महसुस भएपछि अस्पतालमै राखेर आवश्यक परीक्षण गरिएको छ ।

‘सम्माननीय प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको हो, चिकित्सकहरुले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भएको छ, थप परीक्षण भइरहेको छ, बाहिर हल्ला फैलाइएको स्वास्थ्य अवथा बिग्रिएको वा गम्भीरअस्वस्थ भएको होइन,’ प्रेस सल्लाहकार अर्यालले जनताटाइम्ससँग भन्नुभयो ।

चिकित्सकहरुले स्वास्थ्य अवस्था सामान्य रहेपनि प्रधानमन्त्री ओलीलाई धपेडी धेरै भएको बताएका छन । चिकित्सकले अव धपेडी कम गर्न पनि सुझाव दिएका छन ।