जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार २०:४५

प्युठानका कांग्रेस र जनमोर्चाका नेता कार्यकर्ता नेकपामा प्रवेश


प्युठान, वैशाख २४

नेपाली कांग्रेससहित राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगलबार प्युठानमा भएको एक कार्यक्रमका बीच नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले उहाहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।

नेकपा प्रवेश गरेका नेता तथा कार्यक्रतालाई थापाले फूलमालासहित स्वागत गर्नुभएको थियो । स्थायी कमिटि सदस्य थापाले उहाहरुलाई पार्टीमा स्वागत गर्दै यो सकारात्मक सन्देश भएको बताउनु भयो । प्रेस सेन्टर नेपाल जिल्ला शाखा र प्रेस चौतारी नेपाल जिल्ला शाखा ‘प्युठान’ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता तथा कार्यक्रता नेकपामा प्रवेश गरेको नेपाकाका विद्यार्थी नेता मिलन एमसीले जानकारी दिनुभएको थियो ।