जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार ११:४५

कराँचीबाट रावलपिंडीतर्फ गइरहेको रेलमा आगो लाग्यो, ४६ जनाको मृत्यु


काठमाडौं, कात्तिक १४ । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु हुनुका साथै ४२ जना घाइते भएका छन् ।

राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको  तेजगाम एक्स्प्रेसको रेलमा आज विहान बिहान आगलागी भएको पाकिस्ताका संचार माध्यमले जनाएका छन्। पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् । लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।

घटनामा ४२ घाइते भएकामा उनीहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।