जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार १४:२३

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डीमा


काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ग्राण्डी अस्पताल पुग्नु भएको छ । नेकपा अध्यक्ष प्रचण्ड केही समय अगाडि मात्रै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएको हो ।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधवार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ । पुन बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ । केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न अस्पताल जानुभएको थियो ।

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस जारी रहेका कारण श्रेष्ठ र रावलले भने भ्ट्न पाएनन् । नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउनुभयो । प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताउनुभयो ।