काठमाडौं, बैशाख ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै ढकालले रवि जेल आउने जाने गरिरहने पटके भइसकेको बताउनु भयो । उहाँले रविको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउरजाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन। यिनी जेलबाट आउजाउ भइराखे भने अचम्म नमान्दा हुन्छ। तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल-जाने आउने गरिरहेका हुन्छन्। यसरी पटक-पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ। रवि दाइ पनि पटके भइसके।’
रविको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि हुने जिकिर ढकालको छ। उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै रवि आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने बताउनु भयो ।
रविको यो पटके अवस्थाका कारण अन्तिममा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस एमाले माओवादीले नै जित्ने ढकालले उल्लेख गर्नुभएको छ। उहाँले तीतो सत्य नै यही भएको बताउनुभयो । डा ढकालले लेख्नुभएको छ, रवि दाइको यो पटके अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन्।
रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै। यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन्। अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ र उही अन्तिम रिजल्ट भनेको काङ्ग्रेस(एमाले(माओवादीले नै जित्ने हुन्। तीतो लाग्यो कुरारु सत्य यही हो।
प्रतिक्रिया दिनुहोस्