काठमाडौं, ९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा अन्योल थियो । बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्