जनता टाइम्स

१४ कार्तिक २०७६, बिहीबार २०:२७

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, उहि मुस्कानसहित चढ्नुभयो गाडी


काठमाडौं, कात्तिक १४

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । डिस्चार्जसँगै उहा प्रधानमन्त्री निवास बालुवाटार आईपुग्नु भएको छ । अस्पतालबाट डिस्चार्ज हुँदा उहा उहि पुरानो मुस्कानसहित फर्कनु भएको हो ।

अस्पतालको बेडमा आईसियुमा राखेको हल्ला चलिरहदा उहा भने बेडबाट गाडीसम्म हिडेरै आउनु भएको थियो । हल्का पहेलो रंगको कुर्तासुरुवाल र निलो रंगको ज्याकेट लगाएर प्रधानमन्त्री ओली अस्पतालबाट निस्कनु भएको थियो । अस्पतालबाट बाहिरिनु अघि उहाले आफ्नो स्वास्थ्य सेवामा खटिनु भएका चिकित्सक, नर्स लगायत सबैलाई धन्यवाद समेत दिनुभयो ।

हिजो अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । डा। पाण्डेले पत्रकार सम्मेलन गरी आजै उहालाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।