जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ०७:३३

प्रधानमन्त्री ओलीले अघि बढाएको यी काम : कुनै किसिमका अफवाले छेकेर छेक्न सक्दैन


ती मुर्छित सपनाहरुको हाल सफल कार्यान्वयन भैरहेको अवस्थामा ती विरोधीहरु रेल किन चाहियो ? पानी जहाज किन चाहियो भनेर आफ्नो नाङ्गो अस्तित्व छोप्ने प्रयास गर्दैछन। आफू पटक पटक अस्वस्थ हुँदाहुँदै पनि आफ्नो स्वास्थ्यलाई जनताको हितका लागि समर्पित गर्ने प्रधानमन्त्री केपी शर्मा ओली जस्तो कार्यकारी पाउनु देश र जनताको लागि अहोभाग्य हो। त्यसैले उहाँ समृद्धिका मुर्छित सपनाहरु ब्युँताउने एक नम्बरी सुन हुनुहुन्छ । यो ध्रुवसत्यलाई कुनै किसिमका अफवाहरुले छेकेर छेक्न सक्दैन, रोकेर रोक्न सक्दैन

प्रधाानमन्त्री केपी शर्मा ओली बिहीवार साँझ मात्रै उपचार गराएर निवास फर्कनुभएको छ । अस्पतालको बेडमा उपचार गराई रहँदा पनि मुलुक र जनताप्रतिको माया र काम गर्ने भोक रहेको कुरा उहाँले पठाउनु भएको सन्देशमा प्रष्टै थियो । बिस्तारै गरौंला वा काममा ढिलाई गर्दा पनि हुन्छ भन्ने छुट आफूसँग नरहेको अठोटका साथ दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालीरहनु भएका प्रधानमन्त्री ओली साँच्चीकै जनताप्रति बफादार राजनेता हुनुहुन्छ भन्ने प्रमाणका रुपमा यी चिन्ता र चासोलाई लिन सकिन्छ । एक युगमा एउटा त्यस्तो ब्यक्ति जन्मिन्छ, जसले देश र जनताको खातिर आफ्नो जीवन समर्पण गर्दछ ।

२१ औं सशताब्दीमा गुज्रिएको दक्षिण एसियामा अवस्थित प्यारो देश नेपालका लागि केपी शर्मा ओली यस्तै वरदान सावित भएको छ। आफू बाच्नु भन्दापनि अरुका लागि आफ्नो अमुल्य जीवन समर्पण गर्ने ब्यक्ति नै सन्सारमा महान कहलिन्छन, प्रत्येक जनताको मनमनमा बस्न सफल हुन्छन। आजको युगमा आफ्नो स्वार्थ भन्दा माथि उठ्ने मान्छे कमै भेटिन्छ्न । राजनीतिज्ञ होस वा समाजसेवामा खटिने ब्यक्ति हुन, प्रत्येकको देखाउने दात र चपाउने दात फरकफरक रहेको यत्रतत्र देख्न पाइन्छ तर यही समाज अनि परिवेसमा रहेर देश र जनतालाई समृद्धिको सपना देखाएर देशलाइ नयाँ युगमा प्रवेस गराउन कम्मर कस्ने ब्यक्तित्व प्रधानमन्त्री ओली हुनुहुन्छ।

हो ! हामी नेपाली जनता भाग्यमानी यसकारण पनि छौ कि, केपि ओलि जस्तो देश बनाउने दृढ इच्छाशक्ति भएको ब्यक्ति देशको कार्यकारी प्रमुखका रुपमा पाएका छौ। हामीसग देशलाई समृद्ध बनाउने तमाम संभावना एवं आधारहरु हुँदाहुँदै उपयुक्त राजनैतिक नेतृत्वको अभावमा पिल्सिएका थियौं। देशमा रोजगारीको ग्यारेन्टी नहुँदा हाम्रा लाखौं युवा जोशहरु अरुको देशमा श्रम बेच्न बाध्य थियौं । हामी कमजोर हुँदा छिमेकी देशहरुको हेपाइमा बाच्न बाध्य थियौं। भारतले ६/६ महिनासम्म चरम नाकाबन्दी गर्दा भगवान भरोसामा बस्न बाध्य थियौं हामी ।तर समय बलवान् रहेछ, यही परिस्थिति र जनताको देश बनाउने सपनासग साझेदारी गर्न, काधमा काध मिलाएर नेपाली जनतालाइ स्वाभिमानी बनाउन केपी शर्मा ओलीको नेपाली राजनीतिमा नेतृत्वदायी भुमिकामा उदय भयो।

देश विकाशका लागि बिश्वका अनेकन राष्ट्रहरुका उदाहरणहरु प्रस्तुत गरिरहनुपर्ने सान्दर्भिकता ठान्दिन । तर यति भन्छु कि कुनैपनि देश त्यसै चमत्कारले बदलिएको हैन,त्यहा जन्मिएको चमत्कारी नेतृत्वकर्ताको दृढ इच्छाशक्तिले गर्दा हो। देश बनाउन भिजन चाहिन्छ, जनतालाई सुखी बनाउन नेतृत्वकर्ता त्यागी बन्नुपर्दछ । आफुलाइ भन्दा जनतालाइ सम्पत्ती ठान्नुपर्दछ । उसको मुटुमा सधै देशको स्वाभिमानका साथै जनताको माया धड्किनु पर्दछ, तवमात्र ऊ सबैचिज त्यागेर देश र जनताप्रति उत्तरदायी बन्दछ। आज हाम्रो देश विगतको समय भन्दा हरेक दिन एक कदम अघि बढिरहेको छ । हरेक दिन नयाँनयाँ विकासे योजनाहरु सार्वजनिक भैरहेका छन। सार्वजनिक भैसकेका योजनाहरु धमाधम तीब्र गतिले निर्माणाधीन छ्न । कतिले त तोकिएको समय अघि नै निर्माण सम्पन्न गरिसकेका उदाहरणहरु आउन थालेका छन। देशको परराष्ट्र नीतिले एतिहासिक फड्को मारेको छ । केही वर्ष अघि कुनै शक्तिशाली राष्ट्रको राजदुतले देशको कार्यकारीलाइ हल्लाउथ्यो भने आज परिस्थिति बदलिएको छ । राजदुत वा कुनै कर्मचारीलाई आफ्नो स्थानमा राखिएको छ । राष्ट्प्रमुख वा उच्चपदस्थ ब्यक्तित्व आउदा देशको शिर नझुकाइ स्वागत सत्कार गरिन्छ।

अहिलेको परिवर्तनलाई नमान्नेहरु केही होलान तर सत्यलाई कसैले लुकाउन सक्दैन नै । सत्मार्गमा हिड्ने जो कोही एकदिन गन्तब्यमा पुगिछाड्छ। केपि ओली पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि उहाँले देशको बिकाशका लागि समृद्ध नेपाल, सुखी नेपालीको नारालाइ मुख्य अभियानका रुपमा अघि बढाउनु भयो। जनताका विकासे मुर्छित सपनाहरुलाइ ब्युँताएर नौलो आयाम थपिदिनु भयो। उहाले देशमा रेल ल्याउछु, पानीजहाज चलाउछु, चीनसँग पारवहन सम्झौता गरेर नेपाललाई भारतसँगको परनिर्भरता हटाउछु । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्छु, आफ्नै देशमा रहेका सम्भावित खानिहरुको अन्वेषण गर्छु, देशको शिर सधै उच्च बनाउछु भन्दा हावा गफ गर्यो भनेर सडकमा कार्टुन बनाइ उहालाई उडाउने जमात धेरै थिए ।

तर ती मुर्छित सपनाहरुको हाल सफल कार्यान्वयन भैरहेको अवस्थामा ती विरोधीहरु रेल किन चाहियो ? पानी जहाज किन चाहियो भनेर आफ्नो नाङ्गो अस्तित्व छोप्ने प्रयास गर्दैछन। आफू पटक पटक अस्वस्थ हुँदाहुँदै पनि आफ्नो स्वास्थ्यलाई जनताको हितका लागि समर्पित गर्ने प्रधानमन्त्री केपी शर्मा ओली जस्तो कार्यकारी पाउनु देश र जनताको लागि अहोभाग्य हो। त्यसैले उहाँ समृद्धिका मुर्छित सपनाहरु ब्युँताउने एक नम्बरी सुन हुनुहुन्छ । यो ध्रुवसत्यलाई कुनै किसिमका अफवाहरुले छेकेर छेक्न सक्दैन, रोकेर रोक्न सक्दैन !!