जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १९:४१

किन भइरहेछ प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथि पटक–पटक खेलवाड र आक्रमण ?


प्रधानमन्त्री ओलीले मृत्युसँग पौठेजोरी खेलेरै सदैव बिजय प्राप्त गर्दै आउनुभएको छ । जेल सार्ने नाममा मार्ने षडयन्त्र किन नहोस, गोलघरभित्रै मार्ने षडयन्त्र पनि भएकै हो । यी सवै षडयन्त्रलाई दह्रो आत्मबिश्वासले नै परास्त गर्नुभएको हो । हेलिकोप्टर दुर्घटनामा बच्नुभएका ओली, मृगौला फेरर पनि १८ घण्टा काम गर्ने ओलीलाई देशको समृद्धि देख्न नचाहनहरुले पलपलमा मरोस भन्ने कामना गरे पनि त्यो पूरा हुँदैन । चिकित्सक र औषधीले होइन, विल पावर अर्थात दृढ इच्छाशक्तिले बाच्नुभएको हो प्रधानमन्त्री ओली । त्यसैले जहिले जहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर आक्रमण गरिन्छ, तवतव झनै उर्जावान बनेर निस्कनुभएको छ । यसपटक पनि यस्तै हुन्छ । प्रधानमन्त्री ओलीको मृत्युवरणको कामना गर्ने महासयहरु हो, पूरा हुन्न तिम्रा ती कामनाहरु ।

गणेश बस्नेत

मेरो जिन्दगीको झन्डै–झन्डै एउटा पाटोमा स्वास्थ्यको विषय पनि आएको छ । म जेल पर्दादेखि नै अस्वस्थ भएको हुँ । जेल जीवन पूरै बिरामी भएरै बित्यो । त्यसपछि पनि म बिरामी परि नै रहें । हुँदाहुँदा मिर्गौलाले काम गर्न छाड्यो । त्यहीअनुरूपको उपचारमा संलग्न रहनुपर्यो। कहिले निमोनिया हुने त कहिले मेनेन्जाइटिस हुँदै मुटुमा ‘स्टन’ राख्नुपर्ने अवस्थासम्म आयो । पहिलेदेखि नै स्वास्थ्य धेरै राम्रो भएको मानिस म होइन । स्वास्थ्यस्थिति कमजोर हुँदाहुँदै पनि ४५/४६ वर्ष लगातार काममा लागिरहें । अहिले पनि काम गरिरहेको छु । स्वास्थ्य अवस्था कमजोर नै छ तर चलिरहेको छु, गरिरहेको छु । म अलिबढी खटेर नतिजा निकाल्नुपर्ने मानिसकै सूचीमा बस्न रुचाउने भएकाले अहिले पनि निरन्तर खटी नै रहेको छु ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक ४ गते अन्नपुर्णपोष्ट दैनिकलाई दिनुभएको अन्तरवार्ताको अंश हो यो । आफ्नो स्वास्थ्य अवस्थालाई लिएर खेल्न खोज्ने, दुश्प्रचार गर्ने र अफवाह फैलाएर जनतामा अव मरिहाल्छ भन्ने सन्देश दिने पूर्वसंकेत पाएर नै प्रधानमन्त्री ओलीले यो जवाफ दिनुभयो । सिंगापुरमा मृगौलाको उपचार गरेर फर्कनुभएपछि प्रधानमन्त्री ओलीलाई आक्रमण गर्ने एकमात्र हतियार स्वास्थ्य अवस्था बनाइयो । त्यो प्रयाश निरन्तर जारी नै रहने संकेत प्रधानमन्त्री ओलीले पाइसक्नु भएको थियो । प्रधानमन्त्री ओलीकै शब्दमा भन्दा अलिबढी खटेर नतिजा निकाल्नुपर्ने मानिसकै सूचीमा बस्न रुचाउने भएकाले उहाँले आरामलाई ध्यान दिनुभएन । चिकित्सकले रोक्दारोक्दै गृहजिल्ला झापाको चियापानदेखि अन्य सार्वजनिक काममा खटिरहनु भयो । अर्थात प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य भन्दा बढी चिन्दा देश र जनताको लिनुभयो । झापाबाट फर्केदेखि नै प्रधानमन्त्री ओलीको स्वर भासिएको थियो । चिसो लागेको अनुमान चिकित्सकले गरे । दैनिक १८ घण्टा काममा खटिने आद्धत बसिसकेको कारण उहाँले केही अस्वस्थतातिर ध्यान दिनुभएन ।

निरन्तर कामले धपेडी बढेपछि अस्पताल जानुपर्यो । अस्पताल जाने प्रधानमन्त्री ओली एक्लो होइनन, अरु पनि गएकै छन । तर उहाँकै बिषयमा भने मरिहालोस भनेजसरी प्रचार भइरहेको छ । बितेका ६० घण्टा नियाल्दा ओली मरुन भन्ने कामना गर्ने दानवीय स्वभावका पात्रहरु भेटिन्छन । तर ती दावनहरुको कल्पना भन्दा नेपाली जनताको माया र बिश्वासले ओली ४८ घण्टामै उही आत्मबिश्वास, उही मनोवल, उही उर्जासहित मुस्कान दिएर अस्पतालबाट निवास फर्कनुभएको छ । ओली मरिहालोस भन्नेहरुका लागि ग्राण्डी अस्पतालबाट फर्कदा उहाँले दिनुभएको त्यो मुस्कान नै ब्रम्हाश्त्र बनेको छ । मरोस भन्नेहरुका कुण्ठालाई प्रधानमन्त्री ओलीको त्यो मुस्कान नै काफी छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई लिएर गरिएको हमला यो नै पहिलो होइन । लामो समय गोलघरमा जेल जीवन बिताउनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर पटक–पटक हमला भएको छ । जव जव ओलीले उचाइको यात्रा तय गर्नुभएको छ, तव तव उहाँको स्वास्थ्य अवस्थालाई लिएर आक्रमण भएकै छ । २०६४ सालमा मृगौला प्रत्यारोपन गरेपछि त पार्टीभित्रका होस वा बाहिरका, सवैलाई ओलीको स्वास्थ्य नै प्रहार गर्ने गतिलो हतियार बनेको छ । तात्कालिन एमालेको संसदीय दलको नेताको चुनावताका होस वा नवौं महाधिवेशन ताका होस, ओलीमाथि प्रहार गर्ने एउटै हतियार उहाँको कमजोर स्वास्थ्य अवस्था बनाइएको थियो । आजै मर्छ, भोलि नै मर्छ भन्दै कार्यकर्ता पंक्तिमा ठुलै प्रचारको बिषय बनाइएको थियो । संबिधान निर्माण भएपछिको पहिलो चुनाव ताका पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर प्रहार गरियो । जवाफमा पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको डडेलधुरासम्म पुगेर चुनावीसभालाई सम्बोधन गर्नुभयो । बिरोधीले फैलाएको भ्रमको बेलुनको हावा खुस्कियो । चुनावपछि जव प्रधानमन्त्री सिंगापुर उपचार गर्न जानुभयो, त्यसबेला पनि उहाँको स्वास्थ्य अवस्थालाई लिएर आक्रमण भयो । अहिले फेरि आक्रमण भइरहेको छ । तर ओली सदैव रोगमाथि बिजय प्राप्त गर्दै शिखरमा आउनु भएको छ । ओलीको स्वास्थ्यको सन्दर्भमा प्रत्यक्ष साँक्षी रहेको दुइटा घटना सधै मानसपटलमा आइरहन्छ । त्यो थियो, एमालेको नवौं महाधिवेशन र त्यसअघि एअर एम्बुलेन्समार्फत नर्भिक अस्पतालबाट बिदेशमा उपचार गर्न लगिएको दृष्य ।

तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं महाधिवेशनको संघारमा थियो । एमालेकै एक नेताले मलाई भन्नुभयो, ‘ओली त महाधिवेश भएको एक महिना पनि बाँच्दैनन, किन बोक्नु हुन्छ ?’ मैले आदरका साथ जवाफ फर्काएँ– सात बर्षदेखि यही खेती चलेको छ हाम्रो एमालेमा ओली कमरेडबिरुद्ध । अहिले तपाईले मिति नै किटान गरिदिनु भयो मृत्युको । नर्भिक अस्पतालबाट एअर एम्बुलेन्समा बिदेशमा उपचार गर्न लैजाँदै गर्दा अव त ओली फर्कन्नन भन्दै पछाडितिरको ढोकाबाट भाग्नेहरु त अहिले ओलीकै सन्निकट आइपुगेका छन । समयले तपाईलाई पनि जवाफ दिनेछ, तपाई पनि त्यही अवस्थामा आइपुग्नुपर्छ कमरेड । ओली कमरेड त यो देशको प्रधानमन्त्री बनेर चमत्कार नदेखाई यस धर्तीबाट लैजाने शाहस यमराजमा पनि छैन । यो मेरो र मजस्तै लाखौं नेपाली जनताको अटल बिश्वास हो ।

पाँच बर्षअघिको एमाले महाधिवेशन ताका मिति किटान गरेरै ओली बाँच्दैनन भन्ने अफवाह फैलाइएको थियो । यतिसम्म कि एउटा चर्चित म्यागजिनले मृगौला प्रत्यारोपन गरेको बिरामी यति समय भन्दा बाँच्दै बाँच्दैन भन्दै ती नेताले भनेकै जसरी महाविधेशनको मिति भन्दा एक महिनाको समय तोक्यो । मान्छेको स्वास्थ्यलाई हतियार बनाउने मानवीयताबिरुद्ध गरिएको ती सवै अपराधकर्म महाधिवेनको उत्कर्षतिर भएका थिए । पार्टी नेतृत्वमा आफूले भनेको पक्ष स्थापित गराउन रचिएका अत्यन्तै गलत रणनीति थियो । महाधिवेशन सकियो, त्यससँगै ओली मर्छन भन्ने कथाहरु बन्द भए । प्रचार गर्नेहरु चुप लागे । ओलीले अध्यक्षमा चुनाव जित्नुभयो । मरिहाल्छ भनेर मिति तोक्नेहरु पनि आफ्नो बिगत सम्झेर आत्मग्लानी गर्न थाले । ओली एमालेको अध्यक्ष बनेसँगै एमालेको पहिचान बदलियो । दुई ध्रुवमा रहेको तात्कालिन एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुभयो । अहिले मुलुकको कार्यकारीको रुपमा आफूलाई दैनिक १८ घण्टा काममा खटिनुभएको छ ।

पाँच बर्षअघिको एमाले महाधिवेशन ताका मिति किटान गरेरै ओली बाँच्दैनन भन्ने अफवाह फैलाइएको थियो । यतिसम्म कि एउटा चर्चित म्यागजिनले मृगौला प्रत्यारोपन गरेको बिरामी यति समय भन्दा बाँच्दै बाँच्दैन भन्दै ती नेताले भनेकै जसरी महाविधेशनको मिति भन्दा एक महिनाको समय तोक्यो । मान्छेको स्वास्थ्यलाई हतियार बनाउने मानवीयताबिरुद्ध गरिएको ती सवै अपराधकर्म महाधिवेनको उत्कर्षतिर भएका थिए

महाधिवेशनपछि धेरै समय ओलीको स्वास्थ्य अवस्थामाथि खेलवाड भएन । गत साउनमा सिंगापुर जानुभएपछि अव ओली बिरामी परे, काम गर्न सक्दैनन भन्दै ओलीको स्वास्थ्यमाथि खेलवाड गर्दै अफवाह फैलाउने कोशिषहरु भए । संसदमै प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर युवा भनिएका नेताहरुले नै आपत्तिजनक भनाई राखे । जनस्तरबाट कडा प्रतिवाद भएपछि आफूलाई सच्याउँदै मरोस भन्ने कामना होइन भन्दै हिडन बाध्य भए । मृगौला प्रत्यारोपन गरेको १२ बर्षपछि प्रधानमन्त्री ओली सिंगापुरमा नियमित उपचारको लागि जानुभएको थियो । दुई पटक गरेर उपचार भयो । त्यस्को फाइनल रिपोर्ट अझै आउने क्रममा छ । यही आधारमा प्रधानमन्त्री ओली बुधवार नियमित स्वास्थ्य परीक्षणको लागि ग्राण्डी अस्पताल जानुभयो । मृगौलाको बिरामी रहेकोले यो नियमित उपचार नै थियो । अस्पतालले उपचार गर्यो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य देखिएप्छि डिस्चार्ज गरेको छ । उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ ।

उपचारमा संलग्न ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य राम्रो भएको र शुक्रवारदेखि नै नियमित काममा फर्कन सक्ने बताउनु भएको छ । चिकित्सकले प्रधानमन्त्रीलाई हेमोडायलासिस गरिएको प्रष्ट पारेको छ । यो मृगौलाको नियमित उपचार नै हो । मृगौला रोगी भएको कारण प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै प्रकारको संक्रमण नहोस भनेर सुविधा सम्पन्न कक्षमा डायलासिस गरियो । तर ओली बाहिर अत्यन्तै गलत प्रचार भयो । प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर उपचार, बिग्रियो मृगौला, अव काम गर्न सक्दैनन भन्ने जस्ता कामना समाचारमार्फत गरिए । एमालेको महाधिवेशनपछि ओलीको स्वास्थ्यमाथि गरिएको पहिलो सवैभन्दा ठुलो हमला हो । अहिले ओली सरकारले गरेको कामबाट आफ्नो राजनीतिक भविश्य समाप्त भयो भन्ने अनुभुतिले पिरोलिरहेको बिपक्षी समुह, ओलीले सवैलाई छाँयामा पार्यो भन्ने पार्टीभित्रकै समुह पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई आधार बनाएर अमानवीय हमलामा उत्रिएको छ । प्रधानमन्त्रीको स्वस्थ्यबारे चासो राखेको जस्तो देखाएर यी समुहहरु अव ओलीले काम गर्न सक्दैनन, मरि हाल्छन भन्ने प्रचारमा ब्यस्थ छ । बितेका ६० घण्टामा प्रधानमन्त्री ओलीको बिषयमा बाहिर चलाइएका अफवाह यसैका परिणाम हुन ।

प्रधानमन्त्री ओली उपचारपछि निवास फर्कनुभएको छ । तर पनि अनेकन प्रश्न उठाउँदै बालवाटारमै डायालासिस मेसिन राख्न चिकित्सकले सुझाव दिएको, प्रधानमन्त्री बिरामी नै रहेको भन्नेहरुको कमी छैन । यी सवै अफवाह ओलीले सरकार सञ्चालनमा गरेको कडाई र बेथितीबिरुद्ध अघि बढाएको कठोर कदम नै हो । अव त ओली काम गर्न सक्दैन भन्ने देखाएरलुट मच्चाउने योजना हो । अव यो योजनामा कतिपयले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकै बीचमा फाटो ल्याउने प्रयन्त पनि गर्न सक्छन । किनकी अव ओलीमाथि प्रहार गर्ने बिषय नभएपछि प्रचण्ड निकट भनिएकाहरुलाई खरिद गरेर ओलीको स्वास्थ्यमाथि निरन्तर प्रहार गर्ने, ताकि दुई अध्यक्षबीच फाटो आवस । प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएसँगै यो खेती सुरु भइसकेको छ । तर उपचारमा रहेको बेला नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच ग्राण्डी अस्पतालमा देखिएको त्यो मित्रता र प्रेमले चक्रब्यूह रच्ने योजनाकारहरुलाई असफल बनाउने छ ।

ओलीको स्वास्थ्यबारे अफवाह फैलाउनेहरु खुमलटार (प्रचण्ड निवास) र बालुवाटार (प्रम निवास) निकट पनि देखिएका छन । अरु टारहरु त लाग्ने नै भए । तर तिनीहरुलाई के थाह ? ओली–प्रचण्डबीचको दोष्ती । बिहीवार ग्राण्डी अस्पताल पुग्दाका प्रचण्ड र फर्कदाका प्रचण्डको मुहार मात्रै हेर्ने हो भने यो तथ्य उजागर हुन्छ । प्रधानमन्त्री ओली अस्पताल गएकै दिन पार्टी महासचिव बिष्णु पौडेलसहित महोत्तरीको कार्यक्रममा रहनुभएका अध्यक्ष प्रचण्ड काठमाडौं बिमानस्थलमा ओर्लनसाथ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उहाँका स्वकीय सचिव राजेश बज्राचार्यलाई फोन गर्नुभयो, महासचिव पौडेललाई साथमा लिएर अस्पताल पुग्ने योजनाका साथ । तर डिस्चार्ज हुने कुरा सुनेपछि निवास जानुभयो । प्रधानमन्त्री अस्पतालमै रहेपछि बिहीवार अध्यक्ष प्रचण्ड महासचिव पौडेलसहित ग्राण्डी अस्पताल पुग्नुभयो दिउसो । अस्पतालमा गाडीबाट ओर्लदा अध्यक्ष प्रचण्डको अनुहार पुरै चिन्तित थियो । अध्यक्ष प्रचण्ड पुग्दा प्रधानमन्त्री ओलीको डायलाइसिस भइरहेको थियो १४ औं तलामा । उहाँ नवौं तलामा रहनुभयो ।

एमालेको महाधिवेशनपछि ओलीको स्वास्थ्यमाथि गरिएको पहिलो सवैभन्दा ठुलो हमला हो । अहिले ओली सरकारले गरेको कामबाट आफ्नो राजनीतिक भविश्य समाप्त भयो भन्ने अनुभुतिले पिरोलिरहेको बिपक्षी समुह, ओलीले सवैलाई छाँयामा पार्यो भन्ने पार्टीभित्रकै समुह पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई आधार बनाएर अमानवीय हमलामा उत्रिएको छ । प्रधानमन्त्रीको स्वस्थ्यबारे चासो राखेको जस्तो देखाएर यी समुहहरु अव ओलीले काम गर्न सक्दैनन, मरि हाल्छन भन्ने प्रचारमा ब्यस्थ छ । बितेका ६० घण्टामा प्रधानमन्त्री ओलीको बिषयमा बाहिर चलाइएका अफवाह यसैका परिणाम हुन 

उपचारपछि बेडमा प्रधानमन्त्री आउँदा पनि उहाँको मुहारमा चिन्ता नै थियो । जव दुई अध्यक्षबीच कुरा भयो, प्रधानमन्त्रीले पुरानै शैलीमा बोल्नुभयो । प्रचण्डको मुहारमा एकाएक चमक आयो । बाहिर त सारै हल्ला चलाए भन्ने निश्कर्षसहित फर्किएर प्रचण्डले मिडियालाई भन्नुभयो, स्वास्थ्य अवस्था राम्रो छ, प्रधानमन्त्री ठीक हुनुहुन्छ, मेरो कुराकानी भयो, आजै अस्पतालले डिस्चार्ज गर्दैछ ।’ अध्यक्षद्वयको कुराकानीको साँक्षी प्रधानमन्त्री पत्नी राधिका शाक्य मात्रै होइन, नेकपाका महासचिव पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि हुनुहुन्छ । सायद दुई अध्यक्षबीचको त्यो सम्वाद र आत्मीयता उहाँहरुले देख्नुभयो । तर बाहिर भने अध्यक्ष प्रचण्डकै निकट हुँ भन्नेहरु, अनि प्रधानमन्त्री ओलीको नाममा डकार्नेहरु प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बिषयलाई समेत दुई अध्यक्ष भिडाउने योजनामा लागेका छन । यो तथ्य भने खुलमटार र बालुवाटार दुवैले बुझ्न जरुरी छ । जसरी मरिहालोस भन्नेहरुको योजना पूरा भएको छैन, त्यसरी नै दुई अध्यक्ष भिडाउन चाहनेहरु आफ्नै पहिलो छनोटको पात्र भएपनि ओली र प्रचण्ड कठोर बन्नुपर्छ । ओली र प्रचण्डलाई भिडाउन अव पनि कोही लाग्छ भने त्यो दुवै अध्यक्षको पहिलो दुश्मन हो । नेकपाको दुश्मन हो, समृद्ध नेपाल, सुखी नेपाली अभियानको दुश्मन हो, अर्थात सिंगो देशको दुश्मन हो । यस्ता पात्र र प्रबृत्तिमाथि अलिकति पनि दयामाया राख्नुहुन्न ।

प्रधानमन्त्री ओलीले मृत्युसँग पौठेजोरी खेलेरै सदैव बिजय प्राप्त गर्दै आउनुभएको छ । जेल सार्ने नाममा मार्ने षडयन्त्र किन नहोस, गोलघरभित्रै मार्ने षडयन्त्र पनि भएकै हो । यी सवै षडयन्त्रलाई दह्रो आत्मबिश्वासले नै परास्त गरेको हो । हेलिकोप्टर दुर्घटनामा बच्नुभएका ओली, मृगौला फेरर पनि १८ घण्टा काम गर्ने ओलीलाई देशको समृद्धि देख्न नचाहनहरुले पलपलमा मरोस भन्ने कामना गरे पनि त्यो पूरा हुँदैन । चिकित्सक र औषधीले होइन, विल पावर अर्थात दृढ इच्छाशक्तिले बाच्नुभएको हो प्रधानमन्त्री ओली । त्यसैले जहिले जहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर आक्रमण गरिन्छ, तवतव झनै उर्जावान बनेर निस्कनुभएको छ । यसपटक पनि यस्तै हुन्छ । प्रधानमन्त्री ओलीको मृत्युवरणको कामना गर्ने महासयहरु हो, पूरा हुन्न तिम्रा ती कामनाहरु ।