जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार ०६:४०

राष्टपतिको सुभकामना सन्देश : छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने विश्वास


काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।