जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १५:२१

यी हुन अमेरिकी सेनाको मेजर बन्ने पहिलो नेपाली महिला


काठमाडौं, कात्तिक १६

अमेरिकी सेनाको मेजर पदमा पुग्न नेपाली महिला सफल हुनुभएको छ । ‘पहिलोपटक’ माथिल्लो तहमा पुग्न सफल नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुग्नुभएको हो । अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरी अमेरिकी सेनामा भर्ना हुनुभएको थियो ।

रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुग्नुभएको थियो । समृद्धिले आफूलाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताउनुभएको छ । तर, एक महिला सैनिकसँगको भेटवार्तापछि आफूलाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उहाँको भनाइ छ ।

कामको सिलसिलामा आफू अफगानिस्तान पुगेको पनि समृद्धिले सुनाउनुभएको छ । समृद्धिले अफगानिस्तानमा रहँदा त्यहाँका बच्चाहरुसँग भएको भेटलाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा अथ्र्याउनुभयो । सन् २००५ मा छोटो समयका लागि नेपाल आएको उहाँले बताउनुभयो । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उहाँले सुनाउनुभयो ।