जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १७:३४

सारीरिक सम्बन्धको बेला पुरुषसँग यस्तो अपेक्षा राख्छन महिला (अनुसन्धानको निश्कर्षसहित)


काठमाडौं, कात्तिक १६ । पछिल्लो एक अनुसन्धानले महिलाले शारीरिक सम्बन्धको समयमा पुरुषबाट विभिन्न प्रकारका अपेक्षा गरेको तथ्य बाहिर ल्याएको छ । अनुसन्धानले शारीरिक सम्बन्धको समयमा पुरुष मित्र पूर्णरुपमा आफूमा केन्द्रित रहनुपर्ने चाहनामा महिला हुने गरेको देखाएको हो ।

सो अध्ययनको निश्कर्षअनुसार सारीरिक सम्बन्धको बेला पुरुषबाट मुख र हातका क्रियाकलाप धेरै हुनुपर्ने चाहनासँगै महिलाले ओठ, गर्धन र शरीरका अन्य भागमा स्पर्शको अपेक्षासमेत गरेका हुन्छन । पुरुषहरु शारीरिक सम्बन्ध छिटो गर्ने इच्छामा हुन्छन । तर महिलाहरु भने शारीरिक क्रियाकलापमा बिस्तारै बिस्तारैको अपेक्षा गरिरहेका हुन्छन् । महिलाले शारीरिक क्रियाकलापका समयमा पीडा हुने कुनै पनि काम नहोस भन्ने चाहना राखेका हुन्छन ।

सो अध्ययनअनुसार संवेदनशिल अंगमा उत्तेजना हुने गरी बिस्तारै बिस्तारै कामको अपेक्षा महिलामा हुन्छ । अध्ययनको निश्कर्षअनुसार शारीरिक सम्बन्धको समयमा ५० प्रतिशत महिलाले अनुकूल वातावरणको अपेक्षा गरेका हुन्छन । अनुसन्धानमा संलग्न चिकित्सक होल्स टेजकाअनुसार तापक्रम, मौसम र आवाजले महिलाको शारीरिक सम्बन्धमा असर गर्छ । महिलाले शान्त र अनुकूलको मौसमको अपेक्षा गरेका हुन्छन ।

शारीरिक सम्बन्धका लागि पोजिसनको अवस्थाले पनि असर गर्ने सो अध्ययनको क्रममा पाइएको छ । जसअनुसार सारीरिक सम्बन्धका लागि महिलाहरुले आफू तलपट्टिको भाग नरम र सजिलो हुनुपर्ने महसुस गर्छन । पुरुषमाथि आएर शारीरिक क्रियाकलाप गर्ने इच्छा धेरै महिलामा हुन्छ । केही महिलाले जनावरको पोजिसनमा शारीरिक सम्बन्ध राख्ने देखिएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अष्ट्रेलियाका सेक्स रिसर्चर जुलियट रिचटर्सले महिलाहरुले शारीरिक सम्बन्धका समयमा पुरुषको हात र मुखको प्रयोगको अपेक्षा गरेका जनाएका छन् । उहाँका अनुसार धेरे महिलाहरु १० मिनेटसम्ममा चरम अवस्थामा पुग्छन् । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक बारबरा किसलिगले बाहिरी लक्षणबाट भन्दा पनि महिलाहरुको चाहना र पोजिसनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । महिलाहरुले आफूलाई भन्दा पुरुषलाई छिटो चरम अवस्थामा पुग्ने कुरा बुझेका भएपनि आफूसँग पनि सोहीअनुसारको ब्यवहार होस भन्ने चाहना हुने गरेको निश्कर्ष पनि सो अध्ययनले देखाएको छ ।