जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार २०:०९

यी कामका लागि भन्नुपर्छ क्यावात ! सर्वेन्द्र खनाल


काठमाडौं, कात्तिक १६ । केही महिनादेखि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि नियोजित रुपमा प्रहारु गर्दै इतिहासकै असफल प्रहरी प्रमुखको दर्जा भिराउने प्रयन्त भइरहेको छ । अपराधबिरुद्ध कठोर कदम चाल्दै सरकारले दिएको जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने अभियानमा लागेपछि खनालमाथि यो प्रहार भइरहेको छ । के साँच्चीकै खनाल असफल नै बनेका हुन त ? यी तथ्य पढौं :

१. बलात्कारको आरोप लागेपछि कसैको मुख नहेरी सभामुख निवासबाटै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आइजीपी खनालले प्रहरी पठाए । पदमै बहाल भएको सभामुखविरुद्ध उजुरी पर्यो, पहिला–पहिला यस्ता कुरा सामसुम पार्ने प्रहरीको चलन थियो । आइजीपी खनालले बिगतको जस्तो अपराधमा साथ दिएनन । मुद्दा दर्ता भयो भिभिआइपीबिरुद्ध । पक्राउ परे । अदालतमा मुद्दा दायर भयो । बिगतको आँखाले हेर्दा यो आइजीपी खनालको असफलता नै हो । अपराधमा साथ नदिनु र अपराधीबिरुद्ध कठोर बन्नु अपराध गर्नेका लागि असफलताबाहेक अरु केही होइन ।

२. बाह्र बर्षअघि बम बिष्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा पोलेर मार्ने नेता मोहम्मद आफताव आलम समातिए । आइजीपी खनालले आफ्नै सचिवालयका प्रहरीलाई आलम समात्न पाठाए । अपराधबिरुद्ध खनालले चालेको यो कदम अपराधकर्ममा लागेकाहरुका लागि ठुलो असफलता हो । त्यसकारण आइजीपी खनाल असफल हुन ।

३. सात बर्षअघि हेटौडामा प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार गर्ने भारतीय अपराधी समातिए । आइजीपी खनालकै बिशेष निर्देशनमा अपराधी समातिनु पनि असफलता नै हो ।

४. शक्ति र पहुँचका भरमा बिगतमा ठूला जुवाडे भएको स्थानमा प्रहरी जाँनै मान्दैन थियो, यसपटक आइजीपी खनालले सेटिङ तोडदै भिभिआइपी जुवाडेबिरुद्ध कठोर कदम चाले । ठुलो रकमसहित समातिए । ती जुवाडेको पक्षमा वकालत गर्नेहरुका लागि यो पनि खनालको असफलता हो ।

५. २४ बर्षदेखि फरार रहेका अपराधी प्रहरीले पक्राउ गरी कानूनको दायरामा ल्याएको छ । अपराध गरेर लुकिछिपी बस्नेहरुको वकालतकर्ताकालागि यो पनि आइजीपी खनालको असफलता नै हो ।

६. बलात्कार अभियोगमा सत्तारुढ दलका नेतादेखि कार्यकर्तासम्म पक्राउ परी हिरासतमा पुगेका छन । बलात्कारको वकालतकर्ताका लागि यो पनि आइजीपीको असफलता नै हो ।

७. नाकढुंगाको जस्तो जाममा परेको नेपाल प्रहरीको सरुवा–बढुवाको गाँठो फुकाइएको छ । प्रहरीको मनोवल उच्च भएको छ । प्रहरी कमजोर होस भन्नेहरुका लागि यो पनि आइजीपीकै असफलता हो ।

८. बालक अपहरणकारीहरु कोही इन्काउन्टरमा परे, थुप्रै कानूनी दायरामा आए । अपहरणकारीलाई साथ दिनेहरुका लागि यो पनि असफलता नै हो ।

९. फिरौतीमा संलग्नता देखिएपछि गृहमन्त्रीकै भाइ समातिए । यो पनि प्रहरी प्रमुखका असफलता नै हो ।

१०. अपराधका एकाध घटनाबाहेक अधिकांश कानूनको दायरामा आए । यो पनि खनाल असफलताकै कारण भएको हो ।
११. प्रधानमन्त्रीकै एडिसी जुवाखालबाट समातिए । इतिहासमै पहिलो पटक यी काम भयो । जुवातासका धन्दा चलाउनेका लागि यो पनि आइजीपी खनालको असफलता नै हो ।

१२. बिमानस्थलको काउन्टर तोडदा संघीय सांसदलाई पक्राउ गरी मुद्दा चलाइयो । यो पनि आइजीपीकै असफलताका कारण भएको हो ।

माथिका यी १२ कामलाई असफल मान्ने हो भने खनाल असफल हुन । यी तथ्य पढेपछि खनाल असफल हुन भन्नेहरु आफै लज्जित हुनुपर्छ । यी सवै तथ्यबाट आइजीपी खनाललाइ क्यावात भन्नु पर्ने हो । तर अपराध नियन्त्रणमा कमजोर बनोस भनेर आक्रमण गरिएको छ । यो आक्रमण अपराधबिरुद्ध प्रहरीले चालेको काम अघि नबढोस भन्ने नै हो ।