जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १२:४१

प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा रहँदा मिडिया लेख्छ ग्राण्डी अस्पतालतिर भर्ना


काठमाडौं, कात्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक सञ्चालन गरिरहँदा मिडियामा भने ग्राण्डी अस्प्ताल भन्दै समाचार सम्प्रेशन गरी जनतामा भ्रम फैलाउने काम भएको छ ।

गत बुधवा र बिहीवार दुईपटक मृगौलाको डायलाइसिसका गरी निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आज पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद बैठक बोलाएर आफ्नो सक्रियता बढाउनु भएपछि उहाँ गम्भीर बिरामी रहेको र काम गर्न नसक्ने भन्ने देखाउँदै भ्रम सिर्जना गर्न नियोजित रुपमा अफवाह फैलाइएको हो ।

‘प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा हुनुहुन्छ, उहाँ आज अस्पताल जानुभएको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जनताटाइम्ससँग भन्नुभयो, ‘कुन मिडियाले कस्तो स्रोतको हवाला दिएर प्रधानमन्त्री ग्राण्डी अस्पताल जानुभयो भनेर लेख्यो ? त्यो उहाँहरुलाई नै सोध्नोस ।’ प्रेस सल्लाहकार अर्यालका अनुसार केही समय अघि मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

यसअघि मिडियाले प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पताल लगिएको भन्दै समाचार लेखेका थिए । नेकपाकै केन्द्रीय सदस्यले चलाएको अनलाइनमा समेत सो समाचार प्रकाशन भएको छ । गत बुधवार र बिहीवार गरी दुई पटक मृगौलाको डायलाइसिस गर्नुभएका प्रधानमन्त्री ओलीको आज तेस्रो पटक डायलाइसिसका लागि ग्राण्डी अस्पताल लगिएको भन्दै समाचारप्रकाशन गर्दा प्रधानमन्त्री मन्त्रिपरिषद बैठक स१ञ्चालन गरिरहनुभएको अर्यालले बताउनु भयो ।