जनता टाइम्स

१७ कार्तिक २०७६, आईतवार १७:३५

राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रमुख पदमुक्त


काठमाडौं, कात्तिक १७ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सात ओटै प्रदेशको प्रमुखलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिशअनुसार राष्ट्रपति भण्डारीले सात ओटै प्रदेशका प्रमुखलाइृ आज पदमुक्त गर्नुभएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिश गरेको थियो ।
‘आज मिति २०७६ साल कात्तिक १७ गते आइतवारका दिन सम्माननीइ राष्ट्रपति श्रीमति बिद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७६/७/१७ को निर्णयबाट सिफारिश भइआएअनुसार नेपालको संबिधानको धारा १६५ को उपधारा )१) को खण्ड )ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ । यो निर्णयसँगै प्रदेश १ का प्रमुख प्राडा. गोबिन्द्रबहादुर तुम्वाहाङ, दुईका रत्नेश्वर लाल –कायस्थ), तीनका अनुराधा कोइराला, गण्डकीका बाबुराजा कुँवर, पाँचका उमाकान्त् झा, कर्णालीका दुर्गा केशर खनाल र सुदुरपश्चिमका मोहनराज मल्ल आजैबाट पदमुक्त हुनुभएको छ ।

सात वटै प्रदेश प्रमुखलाई तात्कालिन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छाडने बेला नियुक्त गरेको थियो । झण्डै दुई बर्ष देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई कायम राखेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अव कामलाई तीब्रता दिन बिपक्षी दलले एकलौटी नियुक्त गरेको प्रदेश प्रमुख मुक्त गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै ओली सरकारले दुई तिहाई बहुमतको सरकारको अनुभुति दिएको छ ।