जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार १३:५६

यस्तो छ युवा संघ निर्वाचनको अन्तिम परिणाम : अध्यक्षदेखि सदस्यसम्मका उम्मेदवार कसले कति मत पाए ? (सूचिसहित)


काठमाडौं, जेठ १४ । नेकपा एमालेको भाृत संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षदेखि सदस्यसम्मका उम्मेदवारहरुबाट बिजयी अन्तिम नामावली सार्वजनिक भएको छ ।

मंगलवार भएको निर्वाचनमा अध्यक्षमा क्षितिज थेवेले प्रतिस्पर्धी सुमन पुरीलाइ १ सय ९८ मतलेपराजीत गरी जीत निकाल्दा ९४ पदका लागि भएको निर्वाचनमा सहभागीहरुको मतसहितको परिणाम सार्वजनिक भएको हो ।

निर्वाचन समितिका अनुसार पदाधिकारीमा उपाध्यक्षका उम्मेदवार माहाराज गुरुङले सवैभन्दा बढी मत प्राप्त गरी बिजयी बन्नुभएको छ भने सवैभन्दा बढी मत ल्याउनेमा लेखा आयोगका अध्यक्ष मदन गिरी पर्नुभएको छ । गिरीले ९ सय ३७ मत प्राप्त गर्नुभएको छ । पदाधिकारीमा थेबे प्यानलले एक जनाबाहेक सबै पदमा जित हात पारेको छ । संघको निर्वाचनमा अध्यक्षमा क्षितिज थेबेले ७९६ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाउनु भएको छ ।

थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ (८९५ मत) र विनय शाह (७७३ मत) विजयी भए। यसमध्ये गुरुङले सम्पूर्ण पदाधिकारीमा सबैभन्दा बढी मत ल्याएर जीत निकाल्दा सुमन पुरी प्यानलबाट उपाध्यक्षका उम्मेदवार पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत प्राप्त गर्दै पराजित हुनुभयो । यस्तै महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ मत र उपमहासचिवमा उपेन्द्र शाहीले ८१५ मत ल्याएर निर्वाचित हुनुभयो भने पुरी प्यानलका महासचिव उम्मेदवार कुबेर अधिकारीले ६४९ र उपमहासचिव उम्मेदवार खेमराज शर्माले ५८९ मत ल्याउनु भयो ।

खुला सचिवमा मदन भण्डारी (७९४) र अरुण बहादुर कुँवर (६४८) निर्वाचित हुनुभयो । अरुण कुँवर पुरी प्यानलबाट निर्वाचित हुने एक मात्र पदाधिकारी हुनुहुन्छ । सचिवमा प्रतिस्पर्धी देव बस्नेतले ४८१, ध्रुव खड्काले ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याएर पराजित हुनुभयो ।

यस्तै मधेसी सचिवमा मोबिल अख्तर आलम (७४३) सहित बिजयी बन्दा चितरञ्जन यादवले (४८०) मत ल्याएर उपबिजेता बन्नुभयो भने महिला सचिवमा निशा लिम्बू सुब्बा ६४६ मतसहित विजयी शुँदा प्रतिस्पर्धी रेशु तामाङले ६१४ मत ल्याएर चित्त बुझाउन बाध्य हुनुभयो । यस्तै सदस्यमा पनि थेवे समुहकै बर्चस्व रहेको छ ।

यस्तो छ उम्मेदवारको मत