काठमाडौं, जेठ १४ । सामाजिक सञ्जालमा अन्टसन्ट टिप्पणी गरेर चर्चा कमाउनु भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफ्नै अश्लिल हर्कतका कारण बदनामी कमाउनु परेको छ ।
एक जना युवतीसँग आलिङ्गनको अवस्थामा मेयर बालेनको तस्विर सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । रमाइलो गर्दाको मेयर बालेको सो तस्विर महानगरपालिकाकै प्रवक्तासमेत रहनुभएका नवीन मानन्धरले टेलिजिन अन्तवार्ताको क्रममा सार्वजनिक गरिदिनु भएको थियो ।
पदीय मर्यादाबिपरित र नेपाली समाजले पचाउन नसक्ने बाथ टावेलमा युवतीसँथको तस्विर सार्वजनिक गरेको बिषयमा मेयर साहले प्रवक्ता मानन्धरलाई लिखित माफी माग्नुपर्ने भन्दै समयसीमा नै तोक्नुभएको छ । बालेनले मानन्धरलाई जेठ १४ अर्थात आजसम्मको समय दिनुभएको छ । पदको आडमा जननिर्वाचित वडाध्यक्ष धम्क्याउनु भएका बालेनको यो अधिनायकवादी शैलीको पनि चर्काे आलोचना भइरहेको छ ।
युवतीसँग आफूले रमाइलो गरेको फोटो देखाएको र टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर बालेनले मानन्धरलाई सात दिनभित्र माफी माग्न भन्दै गत साता लिखित पत्र दिनुभएको थियो । मानन्धरले करिब डेढ महिनाअघि योहो टिभीका लागि पत्रकार जीवराम भण्डारीलाई अन्तवार्ता दिँदै बालेनको अधिनायकवादी कार्यशैली र मस्तराम अभियानको पोल खोलिदिनु भएको थियो ।
बालेनसँग बाथ टावेलमा आलिङ्गनको अवस्थामा रहेकी ती युवती सार्वजनिकरूपमा परिचित नभए पनि ज्यास्मिन खनाल नामकी युवती रहेको सामाजिक सञ्जालतिर लेखिएको छ । ज्यास्मिनले नै सो फोटा आफ्नो इन्स्टाग्राममा हालेको बताइएको छ । बिवाद भएपछि भने खनालले इन्स्टा एकाउन्टमा बालेनसँगका पोष्ट गरेको दुई तस्बिरमध्ये अन्तरंग देखिने एउटा तस्बिर आज बिहान हटाउनु भएको छ
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गत चैत २० गते महानगरमा कमब्याक गराउन उपमेयर सुनिता डंगोलसँगै मिलेर अग्रणी भूमिका खेल्नुभएका मानन्धरले त्यसलगत्तै चैत २३ मा योहो टिभीमा अन्तरवार्ता दिँदै बालेनको खुलेरै आलोचना गर्नुभएको थियो । सो अन्तरवार्ताप्रति बालेनले डेढ महिनापछि आएर बदला लिन खोज्नुभएको छ । बालेनले सो अन्तरवार्ताले आफ्नो व्यक्तित्वमा हानी पुगेकाले फौजदारी मुद्दा पनि लाग्न सक्ने चेतावनीसमेत दिनुभएको छ ।
अन्तरवार्तामा मानन्धरले महानगरमा बालेनले आफ्नो निम्तिमात्रै छुट्टै लिफ्ट बनाउन लगाएकोदेखि काठमाडौंबाहिर घुमघाम गर्न जाँदा उपमेयरलाई कार्यवाहक नदिएको बिषयसम्मको तथ्य राखेर आलोचना गर्नुभएको छ । मानन्धरले सोही बेला मेयर बालेनले केटीसँग रमाइलो गरेको कुरा खोल्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘अहिले भर्खर (बालेनले) केटी जिस्क्याएको कुरा भाइरल भएको अवस्था छ । त्यसमा उहाँले केही बोल्नुभएको छ ? दुईजना केटीले के भनेको ? भनेर उहाँलाई सोधिरहेको अवस्था छ । उहाँले बोलेको हामी आफैंले बुझिरहेको अवस्था छैन भने अरुलाई सुपारी चपाएर बोलेको भन्ने हो कि आफैंले सुपारी चपाएको अवस्था हो ? केही फोटोहरु हामीलाई आइरहेको अवस्था छ । उहाँ कसरी बसिराख्नु भएको छ भनेर । एउटा फोटो मसित अझै छ ।’
अन्तवार्ताको क्रममा प्रवक्ता मानन्धर यतिमा रोकिनु भएन । त्यसपछि आफ्नो मोबाइल निकालेर खोल्नुभयो बालेनको पोल । मानन्धरले एउटा तस्बिर क्यामरातर्फ देखाउनु भयो, जहाँ मेयर बालेनले एक युवतीलाई आलिंगन गरिरहेको दृष्य थियो ।
अन्तवार्ताको क्रममा प्रवक्ता मानन्धर यतिमा रोकिनु भएन । त्यसपछि आफ्नो मोबाइल निकालेर खोल्नुभयो बालेनको पोल । मानन्धरले एउटा तस्बिर क्यामरातर्फ देखाउनु भयो, जहाँ मेयर बालेनले एक युवतीलाई आलिंगन गरिरहेको दृष्य थियो ।
बालेनसँग बाथ टावेलमा आलिङ्गनको अवस्थामा रहेकी ती युवती सार्वजनिकरूपमा परिचित नभए पनि ज्यास्मिन खनाल नामकी युवती रहेको सामाजिक सञ्जालतिर लेखिएको छ । ज्यास्मिनले नै सो फोटा आफ्नो इन्स्टाग्राममा हालेको बताइएको छ । बिवाद भएपछि भने खनालले इन्स्टा एकाउन्टमा बालेनसँगका पोष्ट गरेको दुई तस्बिरमध्ये अन्तरंग देखिने एउटा तस्बिर आज बिहान हटाउनु भएको छ । यो तस्विरले बालेनको परिवारमा समेत आक्रोश देखिएपछि तनावमा परेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्