जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १२:४६

सांगयोंग मोटर्सले ल्यायो फ्रि सिर्भिस क्याम्प


काठमाण्डौं, बैशाख २५

सांगयोंग मोटर्सको आधिकारिक विक्रेता आई.एम.एस्. मोटर्सले फ्रि सिर्भिस क्याम्प शुरु गरेको छ ।

यस क्यम्पमा सांगयोंग गाडीका ग्राहकहरुले फ्रि सर्भिसिङ , हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्ट्स् मा १५ प्रतिशत छुट, गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट, आकर्षक गिफ्ट ह्याम्पर लगाएतका सेवा दिएको कम्पनीले जनाएको छ ।

यस क्याम्पमा बैशाख २२ गते देखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रा. लि. नयाँ बजार, काठमाडौंमा बताएको छ ।

 

सांगयोंग दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक संस्था हो । उच्च गुणस्तरीय इन्जिनियरद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि बजारमा उपलब्ध छन् ।