काठमाडौं, जेठ १९ । सत्तारुढ नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ । शनिबार देखि जारी पाँचौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनौटका लागि सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ ।
आज हुने निर्वाचन प्रक्रियाका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेद्धारी परेको छ । अध्यक्षमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष त्रिलोक चन्द्र गुरुङको उम्मेद्धारी परेको हो ।
यस्तै दुई उपाध्यक्ष पदमा निवर्तमान महासचिव डा सन्तोष पौडेल, अन्जु बस्नेत, पुष्पराज खनाल, रुपा केसी र शारदा खनालले उम्मेद्धारी दिनुभएको छ ।
महासचिवमा निवर्तमान उपमहासचिव अमृता बराल र निवर्तमान निर्वाचन आयोग अध्यक्ष मदन ओलीको उम्मेद्वारी परेको छ । यसैगरी उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलको उम्मेद्धारी परेको छ ।
यसैगरी सचिव पदमा डा प्रशान्त आचार्य, चन्द्र सुनार, प्रकाश सेवा, डा. धर्मेन्द्र यादव, सिद्ध ढुंगाना, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल गरी ९ जनाको उम्मेद्धारी परेको छ ।
निर्वाचन कार्यक्रम आज विहान ११ बजे देखि एमाले पार्टी कार्यालय च्यासलमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्