जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार ००:१४

बिहानी पंगेनीसहित यी हुन अखिलमा निर्विरोध निर्वाचित सचिवालय र केन्द्रीय सदस्य (सूचीसहित)


काठमाडौं, जेठ २९। नेकपा एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनमा सचिवालय सदस्यसहित ११ जना बिद्यार्थी नेतृ सर्वसम्मत निर्वाचित भएका छन ।

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समितिका अधिकांश पदमा तेब्बर उम्मेदवारी पर्दा सचिवालय, आयोग र केन्द्रीय सदस्यमा गरेर ११ जना निर्विरोध निर्वाचित भएका हुन ।
निर्वाचन समितिका अनुसार सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

यद्यपि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छैन । दलित, मधेशी, थारु, मुस्लिम अल्पसंख्यक, पिछडिएको वर्ग महिलातर्फको सचिवालय सदस्यमा भने एक पदका लागि एक जनाको पनि उम्मेदवारी परेन् भने लेखा आयोगको सदस्य महिलातर्फ २ पदका लागि पनि एक जनाको पनि उम्मेदवारी परेको छैन् । उम्मेदवारी नै नपरेपछि ती पद रिक्त हुने भएका छन् ।

सचिवालय सदस्य

बिहानी पंगेनी, विश्वविद्यालय राष्ट्रिय कमिटी

केन्द्रीय सदस्य

निर्जला पोखरेल, बामगती महिला
रीया मगर, बागमती महिला
अस्मिता रेग्मी, बागमती महिला
सिद्धान्त भट्ट, त्रिवि केन्द्रीय क्याम्पस
सन्ज्योति नेम्वाङ, जनजाती महिला
रञ्जता घतानी, दलित महिला
भूमिकाकुमारी कुँवर, पिछडिएको क्षेत्र महिला

निर्वाचन आयोग सदस्य

प्रार्थना डोटेल, महिला

लेखा आयोग सदस्य

उत्सवी ढकाल, महिला
रेखा तिवारी, महिला